भारतले नेपाली भूमी मिचेको विषयमा माइतीघरमा प्रदर्शन, नाराबाजी गर्ने बिध्यार्थी पक्राउ

काठमाडौं । भारत सरकारले नेपाली भूमि लिपुलेक र कालापानीमा सडक बनाएको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ ।

भारत सरकारको उक्त कदम विरुद्ध प्रदर्शन गर्न माइतीघर पुगेको युवाहरुको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार नाराबाजी गर्दै माइतीघर पुगेका युवाहरुलाई त्यहाँ नपुग्दै प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले ‘ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ । भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो भन्दै नाराबाजी’ गरेका थिए । यस्तै भारतीय दूतावास अगाडी प्रदर्शनका लागि पुगेका विद्यार्थीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?