पर्साका थप एक पुरुषमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पर्साका थप एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पर्सा जिल्लाको छपकैया निवासी ६२ वर्षका पुरुषमा शनिवार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परिक्षणका क्रममा उनमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्यमन्त्रालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?