कोरोना भाइरसमाथि पहिलो फिल्म तयार, यस्तो छ नाम, के छ कथावस्तु ?

काठमाडौं । सारा विश्वमा कोरोनाले महामारी बनेर सबैलाई ग्रस्त बनाएको छ । यस भाइरसको कारण मानिसहरु आफ्नो घरमा कैद भएका छन् ।

केहि दिन अगाडि कोरोना भाइरसलाई लिएर फिल्म बनाउने तयारी थियो । फिल्म बनाउने चर्चा पनि धेरै नै आएको थियो । तर अहिले भने कोरोना भाइरसमाथि फिल्म बनिसकेको छ ।

उक्त फिल्मको नाम ‘Corona: Fear Is a Virus’ रहेको छ । जसलाई क्योनेडियन निर्देशक मुस्तफा केशवारीले निर्देशन गरेका छन् । यो फिल्मको कहानी ७ जना मानिसहरुमा आधारित भएर बनाईएको छ ।

लिफ्टमा फसेका ति ७ मानिसहरुलाई लिएर फिल्म निर्माण भएको हो । शहरममा फैलिरहेको भाइरसका कारण लिफ्टमा कोलाहल र भागाभाग शुरु हुन्छ । जब ति ७ जना मध्ये एक महिला खोक्न थाल्छिन्, तब सबै जनालाई शंका हुन्छ कि, उनी कोरोना भाइरसबाट पीडित छिन् ।

कोरोना भाइरसको बारेमा बनेको यो फिल्मलाई सबैभन्दा पहिलो कोरोनामाथिको फिल्म मानिएको छ ।

यस फिल्मको बारेमा कुरा गर्ने हो भने, डाइरेक्टर केशवारीले जनवरीमा चीनको वुहान शहरमा भाइरस फैलिए लगत्तै उनलाई यो आइडिया आएको बताएका छन् । तर त्यो समयमा उनले महामारी विश्वभर नै फैलिन्छ भने सोचेका थिएनन् ।

उनले भने, ‘मैले यो फिल्म एक महिना भित्र नै तयार पारिसकेको थिएँ, साथै १४ फेब्रुअरीसम्म फिल्मको शुटिङ्ग सकिसकेको थिएँ ।’

उनले भने, आलोचकहरुले फिल्म अहिले बनाएको केहि नभएको तर तत्काल रिलिज गर्ननहुने बताएका छन् ।

बलिउडमा पनि कोरोना भाइरसको बारेमा फिल्म बन्ने भएको र टाइटल राजिस्टर भईसकेको बताइएको छ ।

‘कोरोना प्यार है’ नामबाट सम्भवतः फिल्म बन्ने भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

फिल्मको टाइटल अभिनेता रितिक रोशनको डेब्यु फिल्म ‘कहो ना प्यार है’ सँग मेल खान्छ । साथै अर्काे नाम ‘ड्याड्ली कोरोना’ नाममा पनि टाइटल रजिस्टर भएको छ ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् : 

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?