काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमितहरु कम हुन थालेको छन् । तर अझैपनि चीनमा संक्रमितहरुको संख्या भने शुन्यको अवस्थामा आउन सकेको छैन । चीनका प्रमुख डाक्टरले फेरी चीनमा कोरोनाको महामारी फैलिन सक्ने चेतावनी दिएका छन् ।
चीनका टप कोरोना भाइरस एक्सपर्ट ली लानजुआले आफू चीनमा फेरी कोरोनाको प्रकोप फैलन सक्ने भएकोमा अत्याधिक चिन्तित रहेको बताएका छन् ।

उनले विदेशबाट आउने मानिसहरुका कारण चीनमा फेरी कोरोना फैलिन सक्ने बताएका हुन् ।
डेली मेलका अनुसार बेइजिंगमा बस्ने डाक्टर लीले विदेशबाट आउने मामिलाका कारण फेरी पनि चीनमा महामारीको स्थिति देखा पर्ने बताएका हुन् ।
फेरी पनि चीनमा अत्याधिक संख्यामा मानिसहरु कोरोनाको शिकार हुन सक्ने अन्तर्वाताका क्रममा लीले बताएका छन् ।

आईतवार चीनको गुआनझोउमा एक एक स्थानीय व्यक्ति र अर्का विदेशबाट फर्किएका व्यक्तिमा संक्रमण पाईएको थियो ।
टर्कीबाट चीन गएकी एक महिलामा आईतवार कोरोनाको संक्रमण रहेको पाईएको थियो । र उनकै कारण एक व्यक्तिमा संक्रमण सरेको बताईएको थियो ।

डाक्टर लीले लकडाउन खुलेपछि सामान्य बन्दै गएको चीनको यो अवस्थामा उनले यस्तो चेतावनी दिएका हुन् ।
कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तस्थित वुहान शहर शुरुवाती दिनमा अत्याधिक कोरोना प्रभावित शहर हो ।

चीनमा अहिलेसम्म कोरोना भाइरसका कारण ३ हजार ३ सय ३३ जनाको मृत्यु भईसकेको छ ।
चीन पछि बिस्तारै-बिस्तारै सारा विश्वभरमै फैलिएको कोरोना भाइरसले अहिलेसम्म कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर १४ लाख ४१ हजार ५८९ जनामा संक्रमण देखिएको छ भने, ८२ हजार ९३३ जनाको मृत्यु भएको छ भने ३ लाख ८ हजार ५४९ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

चाइना न्युजसँगको कुराकानीका क्रममा डाक्टर लीले कोरोनाविरुद्धको युद्ध जित्नको लागि लगातार प्रयास गर्नुपर्ने बताएका छन् ।
एक शहरबाट अर्काेमा कोरोनाको महामारी नफैलिओस् भन्नका लागि सबै आ-आफ्नो ठाउँबाट सतर्क र सजग रहेर काम गर्नुपर्ने पनि उनले बताएका छन् ।

यो जानकारी होस् कि, डाक्टर ली आफ्नो टिमसँग कोरोनाको महामारी फैलिरहेको समयमा ५० दिनसम्म वुहानमा बसेर उपचारमा खटिएका थिए ।
डाक्टर लीले चीनको बेइजिंग, शंघाई, बेनझेन जस्ता ठूला शहरमा लगातार अन्य देशहरुबाट आउने मानिसहरुको संख्या अत्याधिक हुने र त्यसको कारण कोरोना भाइरसको मामिला बढ्ने खतरा रहेको बताएका हुन् ।

उनले चिनियाँ अधिकारीहरुसँग संक्रमित भएका मानिसहरुको पहिचान गरेर रेकर्ड राख्न माग गरेका छन् । साथै उनले परिक्षण गर्न नछोड्न पनि सुझाएका छन् ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
कोरोना भाइरस पछि विश्वमा फेरी अर्को खतरा आउन सक्ने वैज्ञानिकको भविष्यवाणी !
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया