कोरोना भाइरस : के चीनले मृतकको आँकडा लुकाएकै हो त ? जानिराखौँ सत्य

काठमाडौं । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म सारा विश्वमा १७ हजार २ सय ३४ जनाको मृत्यु भएको छ ।

साथै ३ लाख ९५ हजार ५७९ जनामा कोरोनाको संक्रमण देखा परेको छ । चीन सरकारले अहिलेसम्म ३ हजार २ सय ७० जनाको मृत्यु भएको बताएको छ भने, ८१ ह्जार ९३ जनामा मात्र कोरोनाको संक्रमण देखा परेको बताएको छ ।

तर सोसल मिडियामा चीनमा कोरोना भाइरसबाट २ करोड भन्दा धेरै जनाको मृत्यु भएको दाबी गरिएको छ । त्यसको कारण भने मोवाईल युजर्सको संख्यामा भारी गिरावट आएको बताइएको छ ।

केहि चिनियाँ नागरिकले भिडियो र दस्तावेजको माध्यमबाट कोरोनाले चीनमा मृतकको सरकारी आँकडामा सवाल खडा गरेका छन् ।

उनीहरुले चीनमा तीन महिनामा २.१ करोड मोवाइल फोन प्रयोगकर्ताहरु कम भएको दाबी गरिएको छ ।

के हो यथार्थ ?

हालै मात्र मोवाइल प्रयोगकर्तारुलाई लिएर चीन सरकारले मासिक डाटा जारी गरेको थियो । जसमा पछिल्लो तीन महिनामा चीनमा २.१ करोड मोवाइल प्रयोगकर्ता घटेको बताएको थियो ।

रिपोर्टका अनुसार जनवरी र फेब्रुअरीमा चीनमा मोवाइलका ८० लाख प्रयोगकर्ता कम भएका हुन् । साथै चाइना युनिकममा ७८ लाख र चाइना टेलिकममा ५६ लाख प्रयोगकर्ता कम भएका छन् ।

चीनमा हरेक व्यक्तिसँग एक भन्दा धेरै सिमकार्ड हुने गर्दछ । ।। को रिपोर्टका अनुसार चीनमा अब स्कूल बन्द भएसँगै विद्यार्थीहरु फोनबाटै अनलाइन क्लास लिइरहेका छन् । र कोहिले भने नयाँ फोन पनि लिएका छन् ।

न्यु ईयर मनाउनको लागि गाउँ गएको हुँदा प्रयोग कर्ताहरुको संख्या घटेको हुनसक्ने अनुमान पनि लगाईएको छ । साथै रिपोर्टमा चीनमा सटडाउनको कारण आर्थिक समस्या भएर मानिसहरुले सेलफोन चलाउन छोडेको हुनसक्ने पनि बताइएको छ ।

साथै चीनमा धेरै संख्यामा शवहरुको अन्तिम संस्कार वुहानमा गरिएको पनि बताइएको छ । उक्त रिपोर्ट साम्ने आएपछि चीनले वाशिंगटन जर्नल, न्युयोर्क टाइम्स र वाशिंगटन पोस्टका पत्रकारलाई आफ्नो देशबाट निकालिदिएको थियो ।

उक्त सञ्चारमाध्यमहरुले आफ्नो समाचारमा चीन सरकारले कोरोनाबाट मृतकको संख्याको सहि आँकडा नदिएको र त्यसबारेको जानकारी चीनले सारा विश्वसँग लुकाएको खबर प्रकाशित गरेका थिए ।

तर यसबारेमा भने डब्ल्युएचओका साथै अन्य अन्तर्राष्ट्रिय संस्थाहरुले केहि पुष्टि भने गरेको छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?