कोरोना भाइरसको औषधी कहिलेसम्म बनिसक्छ ? डब्ल्युएचओको यस्तो बयान

काठमाडौं । कोरोना भाइरसका कारण अहिले सारा विश्व नै महामारीको चपेटामा परेको छ । अहिलेसम्म कोरोना भाइरसले १६ हजार ५ सय ७८ जनाको मृत्यु भईसकेको छ ।

भाइरस संक्रमितको आँकडा एकदमै बढी रहेको छ । कोरोनाको महामारी पछि नेपालसहित धेरै जसो देशले लकडाउन गरिसकेका छन् ।

सारा विश्व अहिले भाइरसको औषधी खोज्नेहरुमाथि नजर लगाएर बसेको छ । बिभिन्न देशका वैज्ञानिक र डाक्टर यसको औषधी बनाउने कोशिषमा जुटिरहेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगको एक अन्तर्वार्तामा विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक डा.सौम्या स्वामी नाथनले सबै मिलेर राम्रो काम गर्ने हो भने १२ देखि १८ महिनासम्ममा यसको टीका विकसित गर्न सक्ने बताएका छन् ।

टीका विकसित भएपछि औषधीको मात्रामा उपलब्धीमा ठूलो काम हुने उनले बताएका छन् । यस्तो अवस्थामा औषधीको निर्माण गर्न १८ देखि २४ महिनासम्म पनि लाग्न सक्ने उनले बताएका छन् ।

कुनै ड्रग वा भ्याक्सीन विकसित गर्न केहि प्रक्रियाहरु हुने गर्दछन् । त्यसैले औषधी निर्माण हुन एक दुई वर्ष पनि लाग्न सक्दछ । औषधी बनाएपछि पहिलो परिक्षण जनावरमा गर्ने गरिन्छ ।

त्यसपछि क्लिनिकल परिक्षण शुरु हुन्छ । त्यसलाई तीन चरणमा सुरक्षा र क्षमताको आधारमा प्रोटोकलको अनुसार परिक्षण गरिन्छ ।

चौथो चरणमा संग्रहित र बजार पूर्व आँकडाको बिश्लेषण गरिन्छ । त्यसपछि मात्र औषधी सबै तिर उपलब्ध गराइन्छ । नेपालमा पनि कोरोनाका संक्रमितहरु देखिएको छ ।

वैज्ञानिकहरुका अनुसार यदि कोरोना स्टेज ३ मा पुग्यो भने भाइरसलाई नियन्त्रणमा लिन मुश्किल हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?