यसरी बढाउनुस् आफ्नो स्मरणशक्ति

लोकपथ
1.2k
Shares

काठमाडाैं । स्मरणशक्तिमा ह्रास आउनु आजभोलिका मानिसहरुमा सामान्य समस्याकै रुपमा विकसित भइसकेको छ । धेरै मानिसहरुमा यो समस्या सामान्य रुपमा रहने गरे पनि केही मानिसहरुमा भने बिकराल रुप नै लिने गरेको हुन्छ ।


यसरी स्मरणशक्ति कमजोर भइ साना साना कुरा बिर्सिने बानी कालन्तरमा ठूलै रोग बनेर निस्किन्छ । तसर्थ समयमा नै त्यसलाई पहिचान गरी समाधानको बाटोमा लाग्नुपर्दछ । यस्तो अवस्थाबाट बच्नको लागि हामीले हाम्रो दैनिक दिनचर्यासहित खानपानमा समेत ध्यान दिनुपर्दछ । जसले हामीलाई स्मरणशक्ति बलियो बनाउन मद्धत्त गर्दछ । आज हामी तपाईंलाई स्मरणशक्ति कसरी बढाउन सकिन्छ भन्ने बारेमा जानकारी दिँदैछौँ ।

स्मार्टफोन चलाउनुको सट्टा सिर्जनशील काममा लाग्ने

अहिले स्मार्टफोन र सामाजिक सञ्जालले हाम्रो दैनिकीको सबैभन्दा धेरै समय प्रयोग हुन्छ । हिँड्दा होस् सुत्दा मानिस फोन र सामाजिक सञ्जालसँगै रमाइरहेको हुन्छ । बालकदेखि वृद्धसम्म यसले राम्रो लत बनाइसकेको छ । सामाजिक सञ्जालको लतले हामीलाई हरेक कुरा बिर्सिने बानी समेत बनाइसकेको छ । सामाजिक सञ्जालकै कारण हामी हाम्रो उत्पादनशील र उर्जाशील समयलाई व्यर्थमा खेर फालिरहेका हुन्छौँ र त्यसले हाम्रो स्मरणशक्तिमा समेत ह्रास आउँछ । त्यसकारण स्मार्टफोन चलाउनेभन्दा पनि विभिन्न सिर्जनशील काममा आफूलाई अभ्यस्त गराउनुपर्दछ ।

विषयवस्तुलाई ध्यानमग्न भएर सोच्ने

जब हाम्रो बिर्सिने समस्या हुन्छ, तब हामी त्यसलाई समस्याको रुपमा भन्दा पनि बानी नै यस्तै हो भनेर भन्ने गर्दछौँ । हाम्रो परिवार र समाजले त्यसलाई स्मरणशक्तिमा आएको ह्रासको कारणले हो भन्ने भन्दा पनि बानी नै हो भन्ने गरेका हुन्छन् जसको कारण समस्या थप बढ्छ । त्यसकारण हामी आफूले त्यसलाई महसुस गरी साना साना कुरा सम्झिने कोशिस गर्नुपर्दछ । यदी निरन्तर त्यसो गर्ने हो भने हाम्रो बिर्सिने समस्या बिस्तारै हल हुँदै जान्छ । साथै हामीले कुनै कुरालाई भिज्योलाइज गरेर हेरेमा पनि त्यसले हाम्रो स्मरणशक्ति राम्रो बनाउँछ ।

खानपानमा ध्यान दिने

स्मरण शक्ति राम्रो बनाउनका लागि अन्य कुराहरु जस्तै खानेकुरा पनि प्रमुख हो । जनश्वास्थ्यविदहरुका अनुसार बदाम, ओखर, हरियो सागपात, ग्रिन टी, डार्क चकलेट तथा खानेकुराहरुको सेवनले पनि स्मरणशक्ति बढाउन सहयोग गर्दछ ।
अझ बदामलाई राति भिजाएर बिहान त्यसको बोक्रा निकालेर नियमित रुपमा सेवन गर्दा पनि हाम्रो स्मरणशक्ति बढ्न जान्छ । बदामको पेस्ट बनाएर त्यसको दुधमा एक चम्चा मह हालेर पनि सेवन गर्न सकिन्छ ।

नियमित योगसहित ध्यान गर्ने


योग र ध्यान यस्तो चीज हो जसले हामीमा भएको विभिन्न प्रकारका जटिल प्रकारका शारिरिकदेखि मानसिक रोगसम्म निको बनाउने गर्दछ । त्यसकारण नियमित रुपमा योगा र ध्यान गर्नुपर्दछ जसले हाम्रो स्मरणशक्ति बलियो बनाउनसहित हामीलाई मानसिक रुपमा समेत बलियो बनाउँदछ ।

प्रयाप्त मात्रामा सुत्ने

हाम्रो शरिरलाई प्रयाप्त मात्रामा आराम चाहिन्छ । रातीमा राम्रोसँग निदाउन नसकेको दिन हाम्रोलागी कस्टकर बन्दछ । त्यसकारण रातिमा ८ घण्टा आरामका साथ निदाउनु स्वास्थका लागि राम्रो मानिन्छ । रातमा राम्रोसँग नसुत्ने मानिसहरुको स्मरणशक्ति कमजोर हुने गर्दछ । त्यसकारण हामी प्रयाप्त मात्रामा सुत्ने गर्नुपर्दछ ।

समयतालिका अनुसार चल्ने

हामी व्यस्तताको कारण अस्तव्यस्त बन्दछौँ । जसले हाम्रो दैनिकी बिगारिरहेको हुन्छ । हामी व्यवस्थित बन्न नसक्दा त्यसले हाम्रो सबै कुरा बिगारिरहेको हुन्छ । हामीले आफूलाई समय तालिका अनुसार चलाउँदै व्यवस्थित बनाउँन सक्दछाँै । हामीलाई स्वस्थ राखी स्मरण गर्ने क्षमता समेत स्थिर राख्न मद्धत गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?