यस्ता छन् मुखबाट आउने गन्ध हटाउने उपायहरु

लोकपथ
143
Shares

काठमाडौं । धेरै मानिसहरुको मुखबाट गन्ध आउने समस्या हुन्छ । ब्रस गरेपनि मुखबाट गन्ध आउनेक्रम नरोकिएपछि उनीहरु हैरानीमा पर्छन् ।

सामान्यतया मुखबाट आउने गन्धको कारण भनेको मुखको सरसफाईमा कमी हुनु, पानी कम पिउनु, डायबिटिज, पेटको समस्या, गिजाको समस्या र घाँटी तथा नाकको इन्फेक्सन पनि हो ।

यसबाहेक मुखमा हुने ब्याक्टेरिया पनि यसको मुख्य कारण हो । यी बाहेक अरु पनि धेरै कारणहरु हुन सक्छन् । यसरी मुखबाट आउने गन्ध हटाउन चिकित्सकीय सल्लाहको साथै घरेलु उपचार पनि उपयुक्त मानिन्छ ।

कसरी हटाउन सकिन्छ त मुखबाट गन्ध आउने समस्या ?

दही
दहीको सेवनले मुखमा हुने हानिकारक ब्याक्टेरियालाई हटाइ मुखको गन्धलाई कम गर्न मद्दत गर्छ । त्यसको साथै यसले पेटको समस्यालाई फाइदा पु-याउने गर्छ । यसले पाचन सम्बन्धी समस्याका कारण हुने गन्धबाट पनि राहत दिन्छ ।

पानको पात
पानको पातलाई हामी दिनँहु खाना खाएपछि चपाउने गरेमा श्वास अथवा मुखबाट आउने गन्धबाट बच्न सकिन्छ । पानको पातले गिजा र दाँतलाई पनि बलियो बनाउँछ ।

सुकुमेल
सुकुमेललाई प्राकृतिक माउथ फ्रेशनर पनि भन्ने गरिन्छ । यसको सेवनले श्वास गनाउने समस्याबाट टाढा राख्न मद्दत गर्छ । यसलाई हामीले मुखमा राखेर चपाउन पनि सक्छौँ भने यसको धुलोलाई पानीमा उमालेर कुल्ला गर्दा पनि फाइदा मिल्छ ।

चक्र फूल
चक्र फूल एक किसिमको मसला हो । जसलाई हामीले श्वास फ्रेश राख्नको लागि प्रयोग गर्न सक्छौँ । खाना खाएपछि यस फूललाई चपाउँदा मुखबाट आउने गन्धबाट राहत मिल्छ ।

ज्वानो
प्रायजसो लसुन र प्याज खाएपछि मुखबाट गन्ध आउने गर्छ । यस्तो खानाको गन्ध हटाउनको लागि ज्वानोको दाना चपाउन सकिन्छ । खानाको गन्ध मात्र नभएर यसले मुखको गन्ध पनि हटाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?