एयर कन्डिसनको अधिक प्रयोग पनि स्वास्थ्यको लागि हानिकारक

लोकपथ
377
Shares

काठमाडौं । देशभरि नै गर्मी सुरु भइसकेको छ । बढ्दो तापक्रमले धेरै प्रकारको स्वास्थ्य समस्याहरु पनि निम्त्याउने जोखिम बढ्दै गइरहेको छ । यस्तो अवस्थामा विशेषज्ञहरुले पनि गम्भीतापूर्वक आफ्नो स्वास्थ्यको ख्याल राख्न र शरीरलाई हाइड्रेट राख्ने उपायहरु निरन्तर रुपमा अपनाउने सल्लाह दिइरहेका छन् ।

गर्मी बढेसँगै एयर कन्डिसनको प्रयोग पनि बढ्दै जान्छ । एयर कन्डिसन (एसी) आधुनिक जीवनको लागि एक अत्यावश्यक वस्तु नै भइसकेको छ । चर्को गर्मीमा राहत प्राप्तिका लागि एयर कन्डिसन एउटा प्रभावकारी माध्यम पनि हो । यस उपकरणले धेरै गर्मीमा राहत त दिने गर्छ, तर के तपाईंलाई थाहा छ यस्तो उपकरणको अधिंक प्रयोग पनि स्वास्थ्यको लागि हानिकार हुन सक्छ ? आज हामी तपाईंहरुलाई एयर कन्डिसनले हाम्रो स्वास्थ्यमा पार्ने साइड इफेक्टको बारेमा जानकारी दिँदैछौँ ।

डिहाइड्रेशनको जोखिम बढाउन सक्छ


गर्मीका दिनहरुमा शरीरलाई हाइड्रेट बनाइराख्नु निकै आवश्यक मानिन्छ । कम पानीको सेवनले शरीरमा विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु आउन सक्छन् । हामीले गर्मीमा एयर कन्डिसनको प्रयोग गर्ने गछौँ । एयर कन्डिसनले हावामा आद्र्रता अर्थात् चिसोपन कम गर्छ । जसले गर्दा डिहाइड्रेशनको जोखिम बढ्न जान्छ । वातावरणमा चिसोपनको कारण हामी कम पानी पिउँछौ र एसीको कारणले हावा सुख्खा हुने गर्छ । जसले एसीमा धेरै समय बिताउने गर्छन् । त्यस्ता व्यक्तिमा डिहाइड्रशनको समस्या देखिन थाल्छ ।

छाला र आँखामा समस्या

एयर कन्डिसनमा लामो समय बस्दा यसको साइड इफेक्ट आँखा र छालाको स्वास्थ्यमा देखिन थाल्छ । एयर कन्डिनसले गर्दा हाम्रो छालाले लचिलोपन गुमाउन थाल्छ र छाला सुख्खा हुन थाल्छ । छाला बाहेक एयर कन्डिसनको अत्याधिक प्रयोगले हाम्रो आँखा सुख्खा हुने जोखिम पनि बढ्दै जान्छ ।

श्वासप्रश्वास सम्बन्धी समस्याको जोखिम

एयर कन्डिनसको अत्याधिक प्रयोगले हाम्रो श्वासप्रश्वासमा पनि हानिकार प्रभाव पार्न सक्छ । विशेषगरि त्यस्ता व्यक्तिहरुमा धेरै समस्या आउने गर्छ, जो पहिलेदेखिनै यस समस्याबाट पीडित छन् । यस्ता व्यक्तिहरुलाई चिसो र सुख्खा हावाले श्वासनलीमा जलन गराउन सक्छ । यसले खोकी ,हाच्छयुँ र घाँटी दुख्ने जस्ता समस्याहरु निम्त्याउन सक्छ । एलर्जी र दमबाट पीडित व्यक्तिहरुमा पनि एयर कन्डिसनको वातावरणले अझ धेरै स्वास्थ्य समस्याहरु बढ्ने जोखिम हुन्छ ।

त्यसकारण हामीले गर्मीबाट बच्नका लागि प्राकृतिक तरिका अपनाउनुपर्दछ । जसका लागि प्रसस्त मात्रामा पानी लगायत प्राकृतिक पेय पदार्थको सेवन गर्नुपर्दछ । साथै शरिरलाई शितलता प्रदान गर्नका लागि हावा आउने स्थानमा बस्नेगर्नुपर्दछ । साथै मध्य गर्मीमा बाहिर ननिस्कने र यदी निस्कनै पर्ने भएमा छाताको प्रयोग गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?