एसिड आक्रमण अपडेट : आक्रमणकारी पक्राउ, घाईतेको उपचार हुँदै

काठमाडौं- काठमाडौंको बाफलमा आफ्नै श्रीमती र उनकी बहिनीलाई एसिड आक्रमण गरी घाईते बनाएका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले आइतबार राति ९ बजे श्रीमती र सालीमाथि एसिड आक्रमण गरेका थिए । पक्राउ परेका युवक गोरखा नगरपालिका ५ घर भएका २९ वर्षीय शिव रम्तेल हुन् ।

उनले आइतबार राति श्रीमतीसँग विवाद हुँदा श्रीमती र १५ वर्षीया साली दुवै जनालाई एसिड प्रहार गरेका थिए।

घाइतेहरुको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

एसिड प्रहार गर्ने रम्तेललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको काठमाडौ परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

मदिरा खाएर कोठामा पुगेका रम्तेलले श्रीमतीसँग विवाद हुँदा ट्वाइलेट सफा गर्न राखेको एसिड प्रहार गरेका थिए । एसिडका कारण उनीहरुको अनुहारमा असर परेको छ ।

यो पनि पढ्नुहोस्
एसिड आक्रमण : प्रमुख कारण प्रेम ? पीडित भन्छन्, सजाय पुग्दै पुगेन ! (भिडियोसहित)

बेड नं ४०६ : पीडितलाई देखेपछि लाग्छ, एसिड छ्याप्नेलाई झुन्ड्याइयोस् !

प्रेमको विद्रुप पाटो : मेरी हुँदैनौ भने अरुको पनि हुन दिन्न !

झुक्याएर बिहे, अलग बस्दा एसिड, पीडित जेनी श्रीमानभन्दा १६ वर्ष कान्छी

एसिड आक्रमण : प्रमुख कारण प्रेम ? पीडित भन्छन्, सजाय पुग्दै पुगेन ! (भिडियोसहित)

फेरि अर्की महिलामाथि एसिड र छुरा प्रहार, नवलपरासीकी बसन्ती परियार गम्भीर घाइते

स्कुल जाँदै गरेकी किशोरीमाथि एसिड प्रहार, को हुन् पक्राउ परेका मियाँ (भिडियोसहित)

एसिडले जलाउन नसकेको एउटा आत्मविश्वास !

एसिड बोकेको ट्यांकर कारमाथि पल्टिँदा एकै परिवारका ९ जनाको मृत्यु

एसिड आक्रमणबाट गम्भीर घाइते सम्झना दासको उपचारको क्रममा मृत्यु

एसिडले जलाउन नसकेको एउटा आत्मविश्वास

एसिडपीडित यूवतीका बाबुको सनसनीपूर्ण आरोप : कुरुवा नै अपराधी रहेछन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?