स्कुल जाँदै गरेकी किशोरीमाथि एसिड प्रहार, को हुन् पक्राउ परेका मियाँ ? (भिडियोसहित)

appharu
0
Shares

स्कुल हिँडेकी एक छात्रा माथि एसिड प्रहार भएको छ। घटना वीरगंजको हो । वीरगंज महानगरपालिका २ छपकैया घर भएकी त्रिभुवन हनुमान माध्यमिक विद्यालय रेसम कोठीमा कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।

खातुनमाथि उनैका छिमेकी युवक समसाद मियाँले एसिड प्रहार गरेका हुन्।

घरबाट करिब १ किलोमिटर पूर्व-उत्तरमा रहेको विद्यालयमा जाने क्रममा बिहान करिब सवा छ बजेको समयमा सीता हस्पिटलको गल्लीमा समसाद र उनका साथी मजिद आलमको समूहले खातुनमाथि एसिड प्रहार गरी भागेका थिए।

घटनापछि प्रहरीले एसिड प्रहार गर्ने समसादलाई नियन्त्रणमा लिन सफल भाएको छ। घटनामा संलग्न थपको खोजी भइरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ कि यूवाले ती यूवतीलाई एकोहोरो प्रेम गर्थे ।
आफ्नो प्रेम अस्विकार गरेका कारण एसिड प्रहार भाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुझिन आएको छ । यद्यपी घटनाबारे प्रहरीले वृस्तित अनुसन्धान थालेको छ ।

एसिड प्रहारबाट किशोरीको गाला र जीउमा घाउ भएको छ । उनको वीरगंजको नारायणी अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको विरगंज प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

एसिड बोकेको ट्यांकर कारमाथि पल्टिँदा एकै परिवारका ९ जनाको मृत्यु

एसिड आक्रमण : प्रमुख कारण प्रेम ? पीडित भन्छन्, सजाय पुग्दै पुगेन ! (भिडियोसहित)

एसिड आक्रमणबाट गम्भीर घाइते सम्झना दासको उपचारको क्रममा मृत्यु

एसिडले जलाउन नसकेको एउटा आत्मविश्वास

एसिडपीडित यूवतीका बाबुको सनसनीपूर्ण आरोप : कुरुवा नै अपराधी रहेछन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?