एसिड आक्रमणबाट गम्भीर घाइते सम्झना दासको उपचारको क्रममा मृत्यु

काठमाडौं । दुई साताअघि एसिड आक्रमणमा परेर घाइते भएकि रौतहट चन्द्रनिगाहापुरकी सम्झना दासको मृत्यु भएको छ।  उनको आइतबार राति कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

चन्द्रपुर नगरपालिका- ६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत भदौ २६ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो ।

बहिनी सुस्मिता दासको अवस्था सामान्य थियो भने सम्झनाको शरीरको ३५ प्रतिशत भन्दा बढी भाग एसिडले जलेको थियो । 

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करिब ५० वर्षीय स्थानीय रामबाबु पासवानले तेजाब आक्रमण गरेको खुलेको छ ।पासवानलाई प्रहरीले प्रकाउ गरिसकेको छ। उनी जादोलालका छिमेकी थिए।

पासवानले समझनालाई एकतर्फी रुपमा मन पराउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।  उनका सम्न्धमा थप छानबिन भइरहेको छ । 

एसिड आक्रमणबाट घाइते भएकी १५ वर्षीया सुस्मिता दासको अवस्था भने सामान्य रहेको  छ  । 

सम्बन्धित समाचार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?