एसिड बोकेको ट्यांकर कारमाथि पल्टिँदा एकै परिवारका ९ जनाको मृत्यु

काठमाडौं । भारतको पूर्वी राज्य राजस्थानस्थित राजसमन्द जिल्लामा एक ठूलो सवारी दुर्घटना भएको छ । राजसमन्द जिल्लाको देसुरीमा एसिड बोकको एक ट्यांकर अनियन्त्रित भएर कारमाथि पल्टिदाँ कम्तिमा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरु सबै एकै परिवारको भएको जनाइएको छ । मृृत्यु हुनेहरुमा ४ जना पुरुष, ३ जना महिला र २ जना बच्चा रहेका छन् ।

उनिहरु शाहपुरा कस्बेबाट घुम्नको लागि निक्लिएका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?