फेरि अर्की महिलामाथि एसिड र छुरा प्रहार, नवलपरासीकी बसन्ती परियार गम्भीर घाइते

काठमाडौं । नवलपरासीमा सोमबार राति ८ बजेर ४५ मिनेटमा कावासोती नगरपालिका वडा नम्बर ८ की २६ वर्षीय वसन्ती परियारमाथि एसिड प्रहार भएको छ ।

एसिड प्रहारबाट शरीरको करीव २५ प्रतिशत भाग जलेको छ । छुरा प्रहारबाट उनको शरीरमा गम्भीर चोट लागेको छ । उनको दायाँ गालाको हड्डी फुटेको छ ।

प्रहरीले एसिड प्रहार गरेको अभियोगमा ३७ वर्षीय विमल श्रीपालीलाई पक्राउ गरेर अनुसन्धान पनि सुरु गरिसकेको छ । प्रहरीका अनुसार उनले घटना स्वीकार गरिसकेका छन्। 

एसिड लागेकी महिला वसन्तीको अवस्था गम्भीर रहेकचितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

वसन्तीलाई आक्रमण गर्ने व्यक्ति उनको छिमेकी हुन् ।

 प्रहरीको अनुसन्धानबाट श्रीपालीले केही साता अगाडि नै भारतबाट एसिड किनेर ल्याएको खुलेको छ । लामो समयदेखि आफू बसन्तीसँग प्रेम सम्वन्धमा रहेको तर, विवाह गर्न नमान्दा आक्रमण गरेको बिमलले दाबी गरेका छन् । यद्यपि उनीहरु दुवै विवाहित हुन् । 

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?