पशुपतिमा नौलो अभ्यास : हाइ,हेल्लो होइन नमस्कार !

काठमाडौं । पशुपति यतिवेला महाशिवरात्रीको तयारीमा जुटेको छ । शिवरात्रीलाई सभ्य र भव्य बनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा उपसमिति गठन गर्नेदेखि ५ हजार स्वयम्सेवक खटाउने, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीबाट प्रत्यक्ष निगरानी दिने साथै सादा पोशाकमा समेत प्रहरी खटाउनेसम्मका योजना बनाएको छ ।

यसैबीच कोषले एउटा नौलो अभियान पनि सञ्चालन गर्ने भएको छ । कोषले पशुपतिलाई ‘नमस्कार’ क्षेत्र घोषणा गर्दै अब पशुपति परिसरमा नमस्कार मार्फत् अभिवादन गर्ने नयाँ अभ्यास शुरु गरेको हो ।

देश तथा विदेशबाट आउने दर्शनार्थीलाई हाम्रो संस्कारको पहिचान दिनलाई यो अभ्यास शुरु गरेको कोषका सदस्य सचिव डा।प्रदिप ढकालले बताए । बुधवार आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै ढकालले दुई हात जोडी नमस्कार गर्नु हाम्रो संस्कार भएकाले हाइ, हेल्लो भन्दा नमस्कार गरी अतिथिलाई स्वागत गर्ने, अभिवादन गर्ने अभ्यासको थालनी गरिएको बताए ।

महाशिवरात्रीलाई सभ्य र भव्य बनाउनलाई यस वर्ष पशुपतिनाथ परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी खटाइने छ । बुधवार पत्रकार सम्मेलन आयोजना गरी पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको दिन कडा सुरक्षा तथा निगरानीको व्यवस्था गरेको जानकारी दिएको हो ।
सादा पोशाकमा समेत प्रहरी परिचालन गरी परिसरलाई विशेष निगरानी गर्ने कोषका सचिव डा.प्रदिप ढकालले बताए । साथै यस वर्ष महाशिवरात्रीका दिन पशुपति क्षेत्रमा ५ हजार स्वयम्सेवक खटाइने छ ।

देश तथा विदेशबाट त्यस दिन १० लाखभन्दा बढी दर्शनार्थी भित्र्याउने लक्ष्य लिएको कोषले सेवासुविधा चुस्त दुरुस्त बनाउनका निमित्त ११ उपसमिति गठन गरेको छ ।

यसअघि लोकपथमा प्रकाशित यो समाग्री छुटाउनुभएको भए यस लिंकमा क्लिक गरी पढ्नुहोस् ।

महाशिवरात्रीको लागि चिटिक्कै पशुपतिनाथ (१९ फोटोमा हेर्नुस्) 

होसियार ! महाशिवरात्रीका दिन पशुपतिमा सादा पोशाकमा खटिनेछ प्रहरी

महाशिवरात्री : पशुपतिमा विशेष पासको व्यवस्था छैन, सबैले बस्नैपर्छ लाइन

पशुपतिमा महाशिवरात्रीको तयारी पूरा, यी ४ बाटो हुँदै जानुस् दर्शन गर्न

गाँजाभाङ खाए प्रहरी खोरमा, महाशिवरात्रीको लागि सबै तयारी पूरा

यसपाली शिवरात्रीमा पशुपतिनाथमा देखिनेछ यो अनौठो दृश्य, नेपालीले सिक्ने कि !

आरोग्य देव पशुपतिनाथ स्भक्तजनदेखि साधुसम्म, घुमन्तेदेखि टहलिनेसम्मको साझा थलो १७ फोटोमा

आरोग्यदेव पशुपतिनाथका काठ जिर्ण बन्दै, चौकोस कुहिए

यस्तै छन् हाम्रा आरोग्यदेव: पशुपतिनाथ

धपक्क बलेको पशुपतिको मुहारमा कान्ति छर्दै आरती (फोटो-भिडियो)

पशुपतिनाथको ५६ वर्षयताको सम्पत्ति सार्वजनिक, मूल ढुकुटीको विवरण गोप्य

धर्मनिरपेक्षता, भ्रम र यथार्थ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?