सुनुवाई चलिरहेकै बेला बलत्कार आरोपी सिद्धबाबा भारत लागे

विराटनगर । बलत्कार आरोपी लागेका सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरी आज भारत गएका छन् ।

केहि अनुयायीसहति उनी भारत लागेको बुझिएको छ । उनले सरकारले उपलब्ध गराएको सुरक्षा गार्डलाई भने जोगवनी नाकाबटै फिर्ता पठाइएर उनी भारत लागेका हुन् ।

उनी आज विहान चतरामा रहेको उनको अश्रमबाट अदालत जाने भन्दै हिडेको तर उनी अदालत नगई भारत लागेको स्रोतले बताएको छ ।

उनी दिउसो भारत लागेको स्रोतले जनाएको छ । उनी उत्ता जादैगर्दा यता अदालतमा भने उनको मुद्दाको सुनुवाई अदालतमा जारी थियो।

सिद्धबाबा एक साता पहिले पनि उपचारका लागि भन्दै भारत पुगेर फर्किएका थिए । त्यसैको फलोअपका लागि भारत गएको स्रोतले बताएको छ ।

मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद बगालेको इजलासमा पेसी चढेको मुद्दाको सुनुवाई बिहीबार जारी रहेका बेला उनी गएका हुन् ।

आफू निकटका कानुनी व्यवसायीसँग सल्लाह गरेरै उनी भारततिर लागेको बुझिएको छ । आफ्नो पक्षमा आदेश नआए भाररतमै बस्ने गरी गएको हुनसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?