सुनबारे रोचक तथ्य: सुखको गहना, दुखको खजना, सम्बन्धको गाँठो कस्न किन चाहियो सुन ?

काठमाडौं । पछिल्लो समय सुनको भाउ बढेको बढ्यै छ । धातुहरुको राजाको रुपमा सुनलाई लिईन्छ । विश्व समुदायमा नै यसलाई महत्व पूर्ण एवंम् बहुमुल्य धातुको रुपमा लिने गरिन्छ । त्यसैले त भन्ने गरिन्छ सुखको गहना, दुखको खजना । सबैकोणबाट महत्वपूर्ण एवं दुर्लभ मानिएकाले पनि यसलाई बहुमूल्य धातुको उपमा दिएर महत्वपूर्ण साधनको रुपमा यसको प्रयोग साथै माग पनि बढेको पाइन्छ ।

अर्बौ वर्ष पहिले सौर्य प्रणालीको उत्पतीकै बेला धातुहरुको उत्पति भएको इतिहासले देखाउँछ । भौगर्भिक कारणहरु खोज्ने हो भने जब अन्तरिक्षमा न्यूटोन ताराहरु एक आपसमा ठोकिएर सुपरनोभाको उत्पति भएको थियो । र त्यसकै धुलोबाट पृथ्वी लगायत अन्य ग्रहहरु बनेको कुरा वैैज्ञानिक तथ्यहरुले देखाउँछ । त्यहि अवधीमा नै विभिन्न परमाणुहरुको रसायनिक प्रतिकृयाको परिणामस्वरुप त्यहि पहेँलो धातु अर्थात् सुनको उत्पती भएको मान्न सकिन्छ । र पृथ्वी निर्माणको अवस्थामा यो पग्लिएको अवस्थामा रहेको थियो र उक्त तरल पदार्थहरु सुन लगायत अन्य धातुहरु पृथ्वीको भित्रि भागमा गएर बसेका थिए । जसको कारण अहिलेपनि पृथ्वीको अत्यन्त भित्री भागमा मात्र सुन खानीहरु रहेको अनुसन्धानले पुष्टि गर्दछ । र अध्ययनका अनुसार भूकम्प, ज्वालामुखी लगायतका प्राकृतिक उथलपुथलका कारण पृथ्वीको भित्री भागमा रहेका ती धातुहरु पृथ्वीको सतह नजिक तथा पानीमा आएर बसेका थिए ।

प्राप्तीका लागि असहज हुने हरेक कुराहरु महत्वपूर्ण मानिन्छ । र त सुनलाई पनि महत्वपूर्ण साथै बहुमुल्य धातुको रुपमा हेरिन्छ । हिन्दु परम्परा अनुसार सुनलाई जन्मदेखी मृत्यु संस्कारसम्म पनि प्रयोग गरिने भएकाले पनि यसको महत्व धेरै रहेको छ । त्यतिमात्र नभएर धार्मिक, आर्थिक, शारीरिक, प्राविधिक, खेलकुद तथा सास्कृतिक रुपमा समेत यसको प्रयोग नै मुख्य मानिन्छ । औषधी बनाउन देखी लिएर मोबाइल फोनमा श्रवणशक्ति स्थानान्तरण गर्न समेत यसको प्रयोग गरिन्छ । साथै विश्वका ठुला खेलकुदहरुमा समेत सुन नै प्रयोग तथा उपहारको रुपमा ग्रहण गर्ने गरिएको छ । त्यस्तै सुनले विश्वको अर्थतन्त्रमा समेत सुनले उथलपुथल ल्याउने गर्दछ ।

विश्वमा पत्ता लागेका सय भन्दा बढि धातुहरु मध्ये सुनलाई नै महत्वपूर्ण मानिन्छ त ? प्रश्नहरु धेरै उठ्ने गर्दछ । के सुनको सट्टा फलामको प्रयोग गरि गरगहनाहरुलाई सुन जति महत्व दिएर प्रयोग गरिदैँन होला? एकछिन गहिरिएर सोचौँ त । के वैवाहिक समारोहमा वर बधुलाई वर्षाै वर्षसम्म अटुट सम्बन्ध कायम गर्ने सेतुको रुपमा एक अर्कालाई लगाइदिने गरिन्छ त ? पक्कै पनि केही महत्वपूर्ण भएरै त होला यसैलाई मुख्य मानिएको ।

वर्ड गोल्ड काउन्सिलको पछिल्लो आंकडा अनुसार हाल विश्वमा १ लाख ९० हजार मेट्रिक टन सुन रहेको पाइन्छ । बजारमा माग दिनानुदिन बढ्दै छ साथै मूल्यपनि आकाशिँदै गएको अवस्था रहेको छ । विश्व अर्थतन्त्र अमेरिकी डलरको आधारमा आश्रित भएर चल्ने गर्दछ । जसको कारण पनि सुनको मूल्यसमेत डलरको आधारमा घटबढ हुने गर्दछ । डलरको भाउ मजबुत हुँदा अन्य सम्पतीको मूल्य घट्न जान्छ । फलस्वरुप मानिसहरु सुनको कारोबारमा महत्व दिन थाल्दछन् जसको कारण कारोबारसँगै माग र मूल्यसमेत बढ्न जाने गर्दछ । साँच्चै किन अर्थतन्त्रमा समेत यसको महत्व बढि छ त? कुनैपनि देशले मुद्रा छाप्ने बेलामा धरौटीको रुपमा सुनलाई राख्ने गर्दछन् । अर्थतन्त्रलाई तरलताको अवस्थाबाट मजबुती तथा मजबुतीबाट तरलताको अवस्थासम्म ल्याउनको लागि समेत सुन सुरक्षणको रुपमा रहने गर्दछ । त्यतिमात्र नभएर जो व्यक्तिसँग धेरै सुन हुन्छ त्यो व्यक्ति धनी र जून देशसँग सुन हुन्छ त्यस देशको अर्थतन्त्रलाई सवल मान्ने गरिन्छ । मानिसले सुनलाई आकर्षणको साधनको रुपमा मात्र नभएर धनको रुपमा समेत संचित गर्ने गर्दछन् । र आफूलाई आवश्यक परेको बेलामा तत्काल पैसाको रुपमा परिणत समेत गर्ने गर्दछन् ।

साथै सुन मुख्यगरी सौन्दर्यको लागि प्रयोग गर्ने गरिन्छ । पुरुष भन्दा विषेश महिलाहरुमा त्यसको शोख बढि हुने गर्दछ । पुरुषको तुलनामा महिलाहरु बढि संवेदनशिल हुन्छन् । र जून कुरा बढि संवेदनशिल हुन्छ त्यसलाई बाह्य आक्रमण बढि हुन्छ । त्यसैले बाह्य आक्रमण नहोस् भन्नका लागि महिलाहरुले सुनको प्रयोग गर्ने गर्दथे । तर पछिल्लो समय यसलाई सौन्दर्यको मुख्य राजको रुपमा नै हेर्ने गरिन्छ । तर विकसित मुलुकहरुमा यसको प्रयोग घर तथा अन्य ठाँउमा सजावटको लागि गर्ने गरिन्छ ।

पछिल्लो समय सुनको मूल्य नेपाली इतिहासमा नै अत्याधिक भएको थियो । केही वर्षको मात्र अन्तराललाई मुल्यांकन गर्ने हो भने सुनको मूल्य तोलामा अत्याधिक मात्रामा बृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो ३० महिनाको अवधीमा मात्र सुनको मूल्य तोलामा नै २३ हजार भन्दा बढि रुपैयाँले बृद्धि भएको पाइएको छ । बजार अध्ययन गर्ने हो भने २०७४ साल असार २६ गते प्रतितोला सुन ५२ हजार ८ सयमा आएको थियो । तर गत पौष २३ गते अत्याधिक मूल्यमा बृद्धि भइ प्रतितोला सुन ७६ हजार ५ सयसम्म कायम भइ कारोबार भएको थियो ।

विश्व अर्थतन्त्रलाई अमेरिका, इरान चीन लगायतका देशहरुको अर्थतन्त्रले प्रत्यक्ष तथा परोक्ष रुपमा प्रभाव पार्ने गर्दछ । त्यसै अनुरुप पनि पछिल्लो समय अमेरिका तथा इरानको टकरावका कारण पनि सुनको मूल्यमा भारी बद्धि भएको व्यवसायीहरु बताउँछन् । नेपाल जस्तो विकासशिल मुलुकका लागि त यो अभिसापको रुपमा नै रहने गर्दछ । धेरै नेपालीहरु बैदेशिक रोजगारीको शिलशिलामा विश्वका विभिन्न मुलु्कहरुमा रोजगारीको लागि गएका छन् । त्यसैले कुल ग्रार्हस्थ उत्पादनको करिव ३० प्रतिशत योगदान नै रेमिट्यान्सको रहेको छ । तर सुनको मूल्यमा बृद्धि भएसँग ठुलो धनराशी नै सुन खरिदको लागि लगाउनुपर्ने भएकाले घाटा पर्ने देखिन्छ ।

नेपालमा प्रजातन्त्रको पुनर्वाहली पश्चात मात्र सुनको मूल्य निर्धारणमा अन्तराष्ट्रिय बजारको आधारमा गर्न थालिएको पाइन्छ । तर २०४६ भन्दा पहिले नेपालमा नै यसको मूल्य निर्धारण गर्ने गरिन्छ । त्यतिबेला नेपालको आपुर्ती तथा मागको आधार नै सुनको मूल्य निर्धारण हुने गर्दथ्यो । तर त्यसको लागि पनि भारतीय बजारको अध्ययन भने गर्ने गरिन्थ्यो । प्रजातन्त्रको पुनर्वहालीसँगै नेपाल व्यापारका हिसावमा विश्व समुदायसँग एकाएक जोडिन पुग्यो त्यसैकारण पनि सुन चाँदी बजारमा पनि विश्व समुदायको प्रभाव पर्न गएको हो । त्यसैले विश्वका ठुला देशहरुमा हुने गरेको मूल्य घटबढका कारण पनि नेपालमा सुनको कारोबारको लागि समेत प्रभावित पार्ने गरेको छ ।

सुनको सौन्दर्य, आर्थिक, सांस्कृतिक, प्राविधीक तथा अन्य आयामका हिसावले हेर्ने हो भने महत्वपूर्ण मानिन्छ । तर त्यसको बिद्रुप पाटोबाट हेर्ने हो भने सुन आपराधिक घटनाको मुख्य कारक समेत बन्ने गरेको छ । शान्ति सुरक्षाको हिसावले नेपाललाई अन्य मुलुक भन्दा केही सहनशिल मानिन्छ । तर तस्करी तथा अन्य आपराधिक गतिविधी गर्नका लागि नेपाललाई उत्तम भुमी विश्वका आपराधिक समुहहरुले बनाउने गरेका छन् । भारतसँगको खुला सिमानाका कारण पनि सुन तस्करीमा एकदम सहज रहेको विभिन्न घटनाले देखाउँछ । विभिन्न संस्थाले गर्ने गरेको तथ्यांक अनुसार भारतसँगको कुल आयातको करिव ४० प्रतिशत भन्दा बढि गैरकानुनी बाटोबाट हुने गरेको छ । त्यो मध्येपनि सुनको तस्करी बढि मात्रामा हुने गरेको पाइएको छ ।

साँच्चै के सुनको महत्व बढि भएका कारण पनि सुनको मूल्य बढेको हो त ? जुन वस्तुको महत्व धेरै हुन्छ त्यसको मूल्य बढि ह्ुने गरेको हामीलाई सर्वविदितै छ । त्यस्तै सुनको प्रयोग गहनाको रुपमा मात्र नभएर अर्थतन्त्रको मुख्य साधन मुद्रा निर्माण गर्ने काममा समेत हुने गरेको कारण पनि महत्व बढि हुने गरेको छ । बेला बेला नेपालीहरु सुनको मूल्य बढि भएका कारण यसको विकल्प अरु खोज्नुपर्ने दावी समेत गर्दछन् । तर नेपालको सन्दर्भमा भन्ने हो भने आफ्नो मुद्राको मूल्यलाई बलियो बनाइ विश्व बजारसँगको प्रतिष्पर्धाको लागि सक्षम बनाउन सकिएमा भने सुनको मूल्यका कारण हामीले नेपाली रुपैयाँलाई धेरै मात्रामा खर्चिनु पर्दैन । भने अर्काे तर्फबाट यसको प्रयोग तथा सौन्दर्यको लागि कम समेत प्रयोग गर्न सकिन्छ । मानिसहरु धेरै सौखिन बन्ने वानि व्यहोराको कारण पनि ठुलो धनराशिको रकम सुन खर्चमा हुने गरेको छ । तर त्यसको विकल्पको रुपमा अन्य बस्तुहरुलाई बनाउन नसकिएपनि प्रयोगमा केहि कमि गरि मूल्य सन्तुलनलाई कायम गर्न सकिन्छ ।

लेखकबाट अरु

राष्ट्र बैंकको गर्भनर बन्न टिठलाग्दो दौडधुप ? को बाहिरिए, को भित्रिए ?

आर्थिक वर्षको पहिलो चौमासिक: कुन मन्त्रालयको खर्च कति ?

एनसेल प्रकरणः मुछिए धितोपत्र बोर्डको अध्यक्ष पदका दावेदार ढुङ्गाना

नेपाल राष्ट्र बैंकका अहिलेसम्मका गभर्नरः हिमालयन शमशेरदेखि चिरञ्जीवी नेपालसम्म, कस्को कार्यकाल कस्तो ?

२०१९ मा मनि ट्रान्सफर मार्फत् सबैभन्दा धेरै रेमिट्यान्स भित्रियो, कुन देशबाट कति ?

फर्केर हेर्दा २०१९ : बैंक तथा वित्तीय क्षेत्रमा यस्ता उथलपुथल

नयाँ वर्ष २०२०: जीवनलाई आर्थिक रुपमा नयाँ उचाइमा पु-याउन जान्नुहोस् यस्ता कुरा

वैदेशिक रोजगारीबाट फर्किँदै हुनुहुन्छ ? जान्नैपर्छ यी ५ कुरा

गभर्नरको कुर्सीः ओली, प्रचण्डदेखी अर्थमन्त्रीसम्मको फेरो तानातान, कस्को भागमा पल्टिएला पासा ?

कसरी मनाउँदै हुनुहुन्छ बालबालिकाको जन्मदिन ? केही नयाँ गर्ने कि !

जसले मतले हारे तर मन जिते, भन्छन् “अबको जीवन संगठन सुधार र समाजसेवामा”

को बन्ला राष्ट्र बैंकको १७ औं गभर्नर ? चर्चामा रहेका यी ७ नाम

यसरी निष्काशन गरिन्छ नयाँ नोट, केरमेट गरे जेल र जरिवाना

एनसेललाई कर तिराउन सरकारको ताकेता, यसरी चुकेको थियो राजनीतिक नेतृत्व

नजिकियो भ्रमण वर्ष २०२०: सरकारले ध्यान दिओस् यी ७ कुरा

१९ सरकार फेरिए, आएन मेलम्ची : कहिले मेटिएला काठमाडौंको तिर्खा ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?