नजिकियो भ्रमण वर्ष २०२०: सरकारले ध्यान दिओस् यी ७ कुरा

काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको छ । अब २०२० शुरु हुन केहि दिन मात्र बाँकी छ । त्यसैको पुर्वसन्ध्यामा नेपाली आँगन पर्यटकको आतिथ्य सत्कार गर्नका लागि तम्तयार छ । घोषित भ्रमण वर्षमा २० लाख पर्यटक भित्राउने महत्वकांक्षी लक्ष्य सरकारले लिएको छ ।

तर प्राकृतिक छटाहाहरु हेर्न आउने पर्यटकको लागि नेपालले विशेष स्वागत गर्न सक्ला ? विभिन्न उद्येश्य लिएर आएका पर्यटकहरु फर्किदा सन्तुष्ट मानेर जाने वातावरण बनेको छ ? भ्रमण वर्षका पछाडी अनेकन सम्भावना साथसाथै त्यसलाई पु्रा गर्नका लागि बहन गरिनुपर्ने चुनौतीका कारण भ्रमण वर्षको सफलतामा आशंका देखिनु स्वभाविक पनि हो ।

हवाइमार्गबाट आउने पर्यटकहरुका लागि आगमन अर्थात् अन्तर्राष्ट्रिय विमानस्थल एउटा मात्र हुनुले पहिलो समस्या आवागमनमा नै देखिन्छ । विमानस्थलबाट निस्किने बित्तिकैको जाम, आरामको लागि उचित वासस्थानमा व्यवस्थापनको कमि, सार्वजनिक सवारी साधनको लापरवाही तथा आन्तरिक हवाइको असुरक्षा, बैंक तथा वित्तीय संस्थामा असुरक्षाका कारण पनि भ्रमण वर्ष केही चुनौतीपुर्ण रहेको विज्ञहरु बताउँछन् ।

भ्रमण वर्ष सफल बनाउन सबै पक्षको भूमिका हुन्छ । बैंक तथा वित्तीय क्षेत्र, होटल व्यवसायी, सुरक्षा निकाय, यातायात व्यवसायी तथा सानादेखी ठुला सबै पक्षको साथ र सहयोगले नै यो अभियान सफल हुने हो ।

नेपाल भ्रमण वर्ष २०२० सम्पन्न भएपश्चात् भ्रमण वर्ष मात्र सकिदैँन। चालु आर्थिक वर्षमा नेपालले लिएको आर्थिक लक्ष्य हासिल गर्नको लागि सहयोग समेत पुग्ने छ । कुल ग्रार्हस्थ उत्पादनको ठुलो हिस्सा पर्यटन व्यवसायले ओगटेको छ । तर त्यो भन्दा पहिले पर्यटकहरुले नेपाल आएर दिल खोलेर खर्च गर्ने वातावरण बनाउन सक्नुपर्दछ । त्यसको लागि पर्यटकको आर्थिक सुरक्षादेखि लिएर बासस्थान तथा कारोबारमा समेत ध्यान दिनुपर्ने देखिन्छ ।

के सरकारले यी क्षेत्रहरुमा ध्यान दिएको छ त ?

विमानस्थल व्यवस्थापन

अन्तर्राष्ट्रिय उडानको लागि एउटा मात्र विमानस्थल भएकाले आवागमनमा नै पर्यटकहरुको दृष्ट्रिकोणलाई सकारात्मक बनाउनुपर्ने देखिन्छ । त्यसका लागि सामानको सुरक्षा, नेपालमा घुम्न लायक ठाँउहरुको बारेमा जानकारी मुलक व्यानरहरु राख्ने, सुविधासम्पन्न होटल तथा लजको बारेमा जानकारीमुलक सामाग्रीहरुको व्यवस्था गरिदिने । त्यस्तै नेपालका जुनसुकै ठाँउमा पुगेका पर्यटकहरुलाई आइपर्ने आपतकालिन समस्या समाधानका लागि आपतकालिन टेलिफोनहरुको बारेमा जानकारी मुलक सामाग्रीहरुको उपलब्धता गराउनुपर्दछ । साथै सम्भव भएसम्म पर्यटकहरुका लागि नेपालका विभिन्न ठाँउ एवं परिवेशको बारेमा जानकारी गराउनका लागि सहयोगी क्लासको व्यवस्था गर्नुपर्दछ ।

बैंकिङ कारोबार
सर्वप्रथम नेपाल आउने पर्यटकहरुका लागि सरकारले बैंकिङ कारोबारमा सहजता ल्याउनु पर्दछ । पर्यटकका लागि मुख्य गरी लक्षित गरिएका क्षेत्रहरुमा बैंकिङ सेवा पुगे नपुगेको जानकारी लिएर नपुगेका ठाँउमा सेवा विस्तार गरि सहजता ल्याउनु पर्दछ । तथा बैंक नपुगेका तर दुर्गम ठाँउहरुमा खुलेका होटल तथा रेष्टुरेन्टमा डेविट तथा के्रडिट कार्डमार्फत रकम निकाल्न सकिने व्यबस्था गर्नुपर्छ । पर्यटकहरु पैसा भन्दा पनि कार्डको माध्यम मार्फत कारोबार गर्न रुचाउँछन । तर पछिल्लो समय नेपालका बैंक तथा वित्तीय संस्थाहरुको सिस्टम ह्याक गरि रकम निकालिनुले बैंकिङ क्षेत्रमा प्रश्न चिन्ह खडा भएको छ । जसले पर्यटनमा समेत प्रत्यक्ष रुपमा असर पर्ने देखिन्छ । त्यसैले भ्रमण वर्ष सफल बनाउनका लागि बैंकिङ क्षेत्रको सुरक्षामा समेत ध्यान दिनुपर्छ ।

यथेष्ट विनिमय नीति
भारत वाहेकका अन्य धेरै देशहरुसँग नेपालको विनिमयदर परिवर्तनशिल खालको छ । नेपाल राष्ट्र बैंकले प्रत्येक दिन प्रत्येक देशको खरिददर तथा बिक्रिदर तोकिदिएको हुन्छ । तर विदेशी मुद्रा सटही गर्ने संस्थाहरुले भने राष्ट्र बैंकले तोकेको भन्दा धेरै मुल्य लिने गरेको पाइएको छ । जसले गर्दा पर्यटन क्षेत्रमा असर पर्ने देखिन्छ । जसको लागि तोकिदिएको भन्दा बढि रकम लिने त्यस्ता संस्थाहरुलाई तत्काल कारबाहिको दायरामा ल्याउनका पहल गर्नुपर्छ ।

आइएमइ तथा मनिट्रान्सर्फरहरुको सेवा विस्तार
कहिले काही हामी घुम्न जाँदा आफुसँग भएको पैसा सकिएर अप्ठेरो स्थिति सिर्जना हुने गर्दछ । त्यस्तो अवस्थामा सहयोगका लागि आफन्त, साथीभाइ तथा परिवारमार्फत सहयोग माग गर्न सकिन्छ । तर त्यसको लागि आफु पुगेको ठाउँमा सहज रुपमा पैसा पुग्ने माध्यमको सुविधा हुनुपर्दछ । बैंकहरु नपुगेका नेपालका धेरै स्थानहरुमा पैसाको सहज उपलब्धताको लागि बिभिन्न माध्यम आइएमइ, मनि ट्रान्सफर, इ सेवा लगायतका माध्ययमहरुलाइ चुस्त दुरुस्त रुपमा लागु गर्नुपर्ने देखिन्छ ।

इन्टरनेटको पहुँचमा विस्तार
विभिन्न समयमा सरकारले सबै ठाँउहरुमा इन्टरनेट विस्तार गर्ने भएपनि नेपालका धेरै ठाँउहरुमा इन्टरनेट त परैको कुरा मोवाइलको टावर नै नटिप्ने अवस्था छ । प्रकृती साथै प्रविधीसँग रमाउन चाहने पर्यटकका लागि यस्ले प्रत्यक्ष रुपमा असर पार्ने देखिन्छ । इन्टरनेटको विस्तारले पर्यटकहरुलाई कहाँ जाने भन्ने कुराको बारेमा सहज रुपले थाहा हुने तथा उनीहरुले सामाजिक सञ्जालमा राख्ने तस्विरहरुका कारण पनि उनीहरुको सञ्जालको पहुँचमा रहेका साथीहरु आकर्षित भई पर्यटन व्यवसायमा सहजता आउने गर्दछ ।

व्यवसायीक क्षेत्रले विभिन्न योजनाका कार्यक्रमहरु ल्याउने
हामी कुनै सामान त्यति नै मूल्य भएपनि योजना भनेपछि आकर्षित भएर किन्ने गर्दछौ । त्यस्तै भ्रमण वर्षमा नेपाल आउने पर्यटकहरुका लागि वासस्थानको व्यवस्थापन गर्दा विविध किसीमका स्किम ल्याउन सकिन्छ । जस्तै होटलमा जाँदा ५ जनाको ग्रुप गएमा एक जना निशुल्क जस्ता अन्य किसिमका योजनाहरु ल्याई पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ ।

पर्यटकको सुरक्षा नीति चुस्त दुरुस्त बनाउने
भ्रमण वर्ष नजिकिएसँगै पर्यकटहरुको सुरक्षामा देखिने कमिकमजोरीका कारण भ्रमण वर्षमाथि प्रश्न चिन्ह उठेको छ । केही समय अघि रसुवामा विदेशी बालिकाको बलत्कारपछि भएको हत्यालाई प्रतिनीधि घटनाका रुपमा लिन सकिन्छ । त्यस्ता कैयौँ घटना छन् जसले पर्यटकको लागि असुरक्षाको प्रत्याभुती गराउन सक्छ । त्यस्तै होटेलहरुमा पर्यटकको सामान लुटिनु तथा ठगिनुले गर्दा पर्यटन व्यवसायमा असर पर्दछ । त्यसै कारण भ्रमण वर्ष सफल बनाउनका लागि मुख्यगरि सबै ठाँउहरुमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउनु पर्दछ ।

भमण वर्ष २०२० सम्बन्धी यी समाचार पढ्नुभएको थियो?

‘भ्रमण वर्ष २०२०’ मा कर्णाली घुम्ने की !

भ्रमण वर्ष २०२० का लागि गन्तव्यको पहिचान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?