सन् २०२० कुन राशिको लागि कति शुभ, कति अशुभ ? हेर्नुहोस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : मेष राशि भएका व्यक्तिहरुका लागि यो वर्ष उत्साहजनक रहनेछ । वर्षभरि नै बृहस्पतिको अनुकुल प्रभावले नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । विशेष गरी स्कुल, कलेज, कन्सल्टेन्सि, होटल व्यवसाय, बैंक तथा वित्तीय जस्ता क्षेत्रमा लगानी बढाइ मनग्ये आम्दानी गर्न सकिनेछ । लामो दूरीको धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । बौद्धिकता तथा नया प्रविधिको प्रयोग मार्फत धन तथा सम्पत्तिमा वृद्धि गर्न सकिने समय रहेको छ । लामो समयदेखि रोकिएर बसेका काम तथा योजनाहरु पुरा हुनेछन् । भाग्यले प्रेमपात्र जुराउनेछ भने माया प्रेम गर्ने जोडीहरुको प्रेम सम्बन्ध विवाहमा परिणत हुनेछ ।

सेप्टेम्बर १० सम्म पराक्रम भावमा गोचर गर्ने राहुले आँट, साहस तथा पराक्रममा वृद्धि गर्नेछ भने खेलकुद तथा पराक्रमी क्रियाकलापमामा सहभागी भई देश विदेशको यात्रामा निस्कन सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले कुटनीतिक क्षेत्रमा प्रगति गर्ने तथा लामो दूरीको अफिशसयल यात्रा हुनेछ । पढाइ लेखाइकै सवालमा दक्षिण तथा पश्चिम मुलुकको यात्रा गर्न सकिनेछ । लेखन तथा कला साहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागि यो वर्ष उत्तम रहनेछ । सेप्टेम्बर १० पछि वृष राशिमा गोचर गर्ने राहुले वाणीमा कठोरता आउनेछ । कुटुम्ब तथा परिवारमा मनमुटाव तथा धन हानीको अधिक सम्भावना रहेको छ ।

१५ फेब्रुअरीसम्म भाग्य भावमा र १६ फेब्रुवरीबाट वर्षभरिनै कर्म स्थानमा गोचर गर्ने शनिको अनुकुल प्रभावले समाजमा विशिष्ट तथा उच्च पदाधिकारीसँग घनिष्ट सम्बन्ध बनाइ राम्रा तथा परिणाममुखी काम गर्न सकिने हुनाले मानसम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । सरकारी नोकरीमा प्रवेश, पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने लामो समयदेखिको विवाद अन्त्य हुनेछ । कम्प्युटर पार्ट्स, इलेक्ट्रीक सामान, घरजग्गा, र्ईन्जिन, हार्डवयेर, फ्याक्ट्री, फार्मेसी तथा उत्पादनमुखी व्यवसाय विगत भन्दा फस्टाएर जानेछ ।

विधिपुर्वक बृहस्पतिको लागि माता बंगलामुखीको पूजा, आराधना तथा दर्शन र शनिको लागि मंहाकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चढाउनाले लाभ मिल्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : वृष राशि भएका व्यक्तिहरुका लागि पुर्वार्द्व संघर्षमय समय पार गर्दै मध्य तथा उत्तराद्र्धको समय फलदायी रहनेछ । १५ फेब्रुवरीसम्म र अगष्ट ५ बाट १५ नोभेम्बरसम्म कष्ट भावमा गोचर गर्ने शनिको अढैयाको प्रभावले घर परिवारमा विशेष गरी पतिपत्नीबीच दूरी बढ्नेछ भने घरायसी कुरामा आफन्तबीच सैद्धान्तिक विषयमा राय बाझिनेछ । आर्थिक मन्दी तथा काममा ढिला सुस्तिको चपेटामा परिनेछ । समाजसेवा तथा राजनीति गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त गर्नेछन् । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरुले नसा सम्बन्धि समस्या तथा प्यारालाइसिस तथा ग्यास्ट्रिकको समस्या झेल्नुपर्नेछ । १६ फेव्रुअरीबाट अगष्ट ४ सम्म भाग्यभावमा गोचर गर्ने शनिले लामो दूरीको धार्मिक यात्रा हुनेछ । इन्जिन सम्बन्धि व्यवसाय फस्टाएर जानेछ भने फ्याक्ट्री तथा उत्पादनमुखी व्यवसायबाट लाभ हुनेछ ।

सेप्टेम्बर १० सम्म धन भावमा गोचर गर्ने राहु र कष्ट भावमा गोचर गर्ने केतुले छिटो बोल्दा वा नसोची कुनै पनि कुराको निर्णय गर्दा परिस्थिति बिग्रनेछ । कुटुम्ब तथा आफन्तसँग धन सम्पत्ति तथा भूमि सम्बन्धि विवाद बढ्नेछ । रुपैयाँ पैसा सापटी नदिनुहोला फर्केर आउने सम्भावना कम रहेको छ । राजनीति तथा कुटनीतिको क्षेत्रमा विदेश यात्रा गर्नेहरुका लागि धन स्थानको राहुले प्रशस्त धन सम्पत्ति दिनेछ । कर्म प्राप्तीको लागि विदेश यात्राको योग रहेको छ । सेप्टेम्बर ११ बाट वर्ष भरिनै राशिमा गोचर गर्ने राहुले मानसिक तनावमा वृद्धि हुनेछ भने मानसस्मानमा कमी आउनेछ ।

१६ मार्च सम्म र १७ जुलाईबाट १२ नोभेम्बरसम्म कष्टभावमा गोचर गर्ने बृहस्पतिको प्रतिकुल प्रभावले दिर्घकालीन रोगले सताउन सक्छ ध्यान दिनुहोला । मोटोपन, कोलेस्ट्रोल, कलेजोका बिरामीहरुले विशेष ख्याल गर्नुपर्नेछ । तापनि अष्टम भावमा स्वगृह बृहस्पतिको कारणले नसोचेको धन सम्पत्ति प्राप्त हुने तथा लट्री, चिठ्ठा पर्ने प्रशस्त सम्भावना रहनेछ । १७ मार्चबाट १६ जुलाईसम्म भाग्य भावमा गोचर गर्ने हुनाले स्कुल, कलेज, मन्टेश्वरी, बैंक तथा वित्तीय क्षेत्रमा थप लगानी गर्ने वातावरण बन्नेछ, भने व्यापारमा सहभागी हुनेहरुले प्रशस्त नाफा कमाउन सक्नेछन् । आफूलाई मन परेको मानिससँग वा पतिपत्नीका साथ रमाइलो यात्राको तय गर्न सकिनेछ भने माया प्रेम गर्ने जोडीहरुले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् ।

विधिपुर्वक बृहस्पतिको लागि माता बंगलामुखीको पूजा, आराधना तथा दर्शन र शनिको लागि मंहाकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चढाउनाले लाभ मिल्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : मिथुन राशि हुनेहरुका लागि सुरु र अन्त्यको समय संघर्षमय हुँदै मध्यकाल शुभ रहनेछ । १६ मार्चसम्म र १७ जुलाईबाट १२ नोभेम्बरसम्म व्यापार भावमा गोचर गर्ने बृहस्पतिले घर जग्गा, हाउजिङ तथा सवारी साधनको कारोबार तथा खरिद विक्रिबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । शेयर बजार तथा सट्टाको व्यवसायबाट सन्तोषजनक आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले राज्यबाट पद प्राप्त गर्न सक्नेछन् । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नती हुनेछ । वंश बढ्ने गतिलो योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा निरन्तर लागि पर्ने विद्यार्थी वा रिसर्च पर्सनका लागि समय फलदायी रहेकोले उत्कृष्ट नतिजाका साथ समाजमा ईज्जत प्रतिष्ठा बढेर जानेछ ।

१७ मार्चबाट १६ जुलाईसम्म कष्टभावमा गोचर गर्ने बृहस्पति र १६ फेव्रुअरीबाट अगष्ट ४ सम्म अढैया शनिको प्रभावले कुनै पनि मुद्दा, मामिला तथा विवादमा सहभागी भए हारिने सम्भावना रहेको छ भने न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउन सक्छ । साझेदारी व्यवसायमा साझेदारहरु बीच नै सैद्धान्तिक राय बाजिनेछ भने भौतिक सम्पत्तिको छिनोफानो गर्न अदालतको सहारा लिनुपर्नेछ । जण्डिस, सुगर, मोटोपन, पत्थरी तथा मृगौला जस्ता रोगबाट पीडित हुनेहरुले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । प्रेम सम्बन्धमा चिसोपनको विकास हुनेछ भने जीवनसाथीसँग मनमुटाव सिर्जना हुनेछ । लामो दूरीको कष्टकर यात्रा हुन सक्छ ध्यान दिनुहोला ।

वर्षभरिनै राशिमा गोचर गर्ने राहु र व्यापार भावमा गोचर गर्ने केतुले खर्चको तुलनामा आम्दानी कमजोर रहने हुनाले व्यवासायमा थप लगानी गर्ने वातावरण टरेर जानेछ । पुरातन संस्कृतिलाई लत्याएर अग्रगामी छलाङ मार्न खोज्दा सहयोग तथा समर्थनको अभावमा चाहेको गन्तव्य पत्ता लगाउन मुस्किल पर्नेछ । भौतिक सम्पत्ति तथा स्रोत साधनको प्रयोग गर्न नजान्दा दुर्घटना नहोला भन्न सकिन्न । मानसिक अस्थिरता बढ्नेछ भने सवारीसाधन हराउने तथा चोरी हुने सम्भावना रहेको छ ।
प्रतिकुल समयमा शनिको मन्त्रजप तथा बटुक भैरव तथा माता बंगालामुखीको भक्तिभावका साथ पुजा तथा आराधना गर्नाले लाभ मिल्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : कर्कट राशि हुनेहरुका लागि यो वर्ष विभिन्न अवसरहरुको सदुपयोग गरी जीवनमा उल्लेख्य सुधार गर्दै अगाडि बढ्न सकिने समय रहेको छ । १६ मार्चसम्म र १७ जुलाईबाट १२ नोभेम्बरसम्म ऋण, रोग तथा शत्रु भावमा गोचर गर्ने मध्यम बृहस्पतिले शत्रु लाग्ने तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउन सक्छ । स्वास्थ्यमा समस्या आइ औषधी उपचार खर्च बढ्ने योग रहेको छ । १७ मार्चबाट १६ जुलाईसम्म व्यापार भावमा गोचर गर्ने शुभ बृहस्पतिले व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सम्पत्ति कमाउन सकिनेछ । बौद्धिक क्षेत्रमा सामेल भई आफ्नो तार्किक भनाई प्रस्तुत गर्ने अवसर जुर्नेछ । नाफामुखी व्यवसाय भन्दा सेवामुखी व्यवसाय फस्टाएर जानेछ भने प्रयत्न गर्दा राजनीति तथा समाजसेवामा जनताको मन जित्न सकिनेछ । शेयर बजार, स्कुल, कलेज, सहकारी, इन्सुरेन्स, बैङक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्ये धन सम्पत्ति कमाउने योग रहेको छ ।

१५ फेब्रुवरीसम्म र अगष्ट ५ बाट १५ नोभेम्बरसम्म छैटौँ भावमा गोचर गर्ने शनिले कानुन क्षेत्रमा रही काम गर्नेहरुले आफ्नो कामदेखि सन्तुष्टि हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्का पट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरुका लागि यो वर्ष फलदायी रहनेछ । सामाजिक मर्यादा तथा नीति नियमको पालन गरी काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तीको गतिलो योग रहेको छ । मामा तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । १६ फेव्रुअरीबाट अगष्ट ४ सम्म व्यापार भावमा गोचर गर्ने शनिको नकारात्मक प्रभावले साझेदारी व्यवसायमा मनमुटाव बढ्ने तथा पारिवारिक सम्बन्धमा दरार आउनेछ ।

सेप्टेम्बर १० सम्म विदेश भावमा र सेप्टेम्बर ११ बाट वर्ष भरिनै लाभ भावमा गोचर गर्ने राहु र छैटौँ भाव र पञ्चम भावमा गोचर गर्ने केतुले छिटो राजनीति तथा कुटनीतिको क्षेत्रमा विदेश यात्रा गर्नेहरुका लागि धन स्थानको राहुले प्रशस्त धन सम्पत्ति दिनेछ । कर्म प्राप्तीको लागि विदेश यात्राको योग रहेको छ । अध्ययन तथा कामको सिलसिलामा लामो दूरीको यात्रा हुनेछ भने विदेशमा बसेर श्रम गर्नेहरुले मनग्ये धन आर्जन गर्न सक्नेछन् । स्वदेशमै बसेर एनजिओ, आईएनजिओ, विदेशी लगानीबाट संचालित संस्था कन्सल्टेन्सि र मेनपावर व्यवसायमा समय लगानी गर्नेहरुका लागि समय राम्रो रहेको छ ।

बंगलामुखी देवीको पुजा, आराधना तथा शनिबार विष्णुको पुजा तथा पीपलमा जल चढाउँदा लाभ मिल्नेछ भने राहु तथा केतुको नकारात्मक प्रभावबाट बच्नको लागि बटुक भैरबको पुजा तथा आराधना गर्दा लाभ मिल्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : सिंह राशि भएकाहरुका लागि समग्रमा यो वर्ष राम्रो रहेको छ । १६ मार्चसम्म र १७ जुलाईबाट १२ नोभेम्बरसम्म बृहस्पतिको अनुकुल प्रभावले घर, जग्गा तथा भौतिक सम्पत्ति जोड्न सकिनेछ । पैत्रिक सम्पत्ति आफ्नो नाममा आउने योग रहेको छ । बौद्धिक क्षेत्रमा सामेल भइ आफ्नो तार्किक भनाइ प्रस्तुत गर्ने अवसर जुर्नेछ । नाफामुखी व्यवसाय भन्दा सेवामुखी व्यवसाय फस्टाएर जानेछ भने प्रयत्न गर्दा राजनीति तथा समाजसेवामा जनताको मन जित्न सकिनेछ । शेयर बजार, स्कुल, कलेज, सहकारी, इन्सुरेन्स, बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्ये धन सम्पत्ति कमाउने योग रहेको छ । सवारी साधनको कारोबार तथा खरिद बिक्रीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । प्रेम सम्बन्धहरुलाई विवाह मार्फत घर गृहस्थीमा सुचारु गर्न सकिनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ भने घर परिवारमा मांगलिक कामहरु हुनेछन् । १७ मार्चबाट १६ जुलाईसम्म रोग भावमा गोचर गर्ने बृहस्पतिको प्रतिकुल प्रभावले ऋण लाग्ने तथा स्वास्थ्यमा समस्या आइ ठुलो धन राशि खर्च हुन सक्छ ध्यान दिनुहोला ।

वर्ष भरि नै आय भावमा र कर्म स्थानमा गोचर गर्ने राहु र विद्या भाव र सुख भावमा गोचर गर्ने केतुले प्राकृतिक स्रोत तथा पैत्रिक सम्पत्तिको परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ । कुटनीति तथा राजनीति क्षेत्रमा समय लगानी गर्नेहरुका लागि समयले साथ दिने हुँदा राज्यबाट पद पाउने, नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेको छ । सन्तानसँग भने केही विषयमा सैद्धान्तिक राय बाजिनेछ ।

१५ फेब्रुवरीसम्म र अगष्ट ५ बाट १५ नोभेम्बरसम्म (विद्या, बुद्धि, सन्तान) भावमा गोचर गर्ने शनिले मानसिक अस्थिरता बढ्नेछ भने योजनाहरु कार्यान्वयनको चरणमा लैजान मुस्किल पर्नेछ । नसा तथा ग्यास्ट्रिक सम्बन्धि समस्याले सताउनेछ । अध्ययनमा मन जाने भएपनि शनिको प्रभावले भनेजस्तो नतिजा आउने छैन । मुद्दा मामिला तथा न्यायिक क्षेत्रसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला । अदालती निर्णयहरु तपाईको पक्षमा नआउन सक्छ । १६ फेव्रुअरीबाट अगष्ट ४ सम्म शनिको अनुकुल प्रभावले ऋण, रोग तथा शत्रुलाई पन्छाउँदै एक कदम अगाडि बढ्न सकिनेछ ।

शनिदेवलाई खुसी पार्नको लागि विष्णुको पुजा तथा आराधना, पीपलमा जल चढाउने, राहु तथा केतुको लागि भैरवको दर्शन तथा आराधना गर्नुपर्दछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) : कन्या राशि हुनेहरुका लागि पुर्वाद्र्ध तथा उत्तराद्र्धको समय राम्रो रहेपनि मध्यको समय संघर्षका बावजुत उपलब्धि हासिल गर्न सकिनेछ । वर्षभरि नै बृहस्पतिको अनुकुल प्रभावले कृषि तथा चौपाया व्यवसायमा लगानी बढाइ प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् । घर जग्गाको खरिद बिक्रीबाट मनग्ये आम्दानी गर्न सकिनेछ भने स्थाई सम्पत्ति जोड्ने समय रहेको छ । माता पिताको सहयोग तथा आशिर्वाद प्राप्त हुने हुनाले काम गर्ने जोसजाँगर बढेर आउनेछ । यो वर्ष व्यापार व्यवसाय, वाणिज्य, लेखन, कला, साहित्य तथा सबै खाले प्राविधिक पेशामा कन्या राशि भएका व्यक्तिहरुले आफूलाई स्थापित गर्दछन् । कम्यूनिकेशन, अफिसर, वकिल, राजनीतिक सल्लाहकार, शिक्षक, प्राध्यापक आदि पेशा व्यवसाय उल्लेख्य सफलता प्राप्त गर्न सकिनेछ ।

वर्षभरि नै कर्म र भाग्य भावमा गोचर गर्ने राहु, सुख भावमा गोचर गर्ने केतु र १५ फेब्रुअरीसम्म र अगष्ट ५ बाट १५ नोभेम्बरसम्म शनिको अढैया दशाको प्रभावले शत्रु बढ्ने तथा रोग लाग्ने समय रहेको छ । यात्राका सवालमा केही कष्ट बेहोर्नु पर्नेछ भने स्थानान्तरणको अधिक सम्भावना रहेको छ । आम्दानीमा कमी हुने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । राज्यबाट सेवा प्रवाह गर्नेहरुले अनावश्यक दुःख दिनेछन् भने राज्यको मेकानिजम् भित्र बसेर काम गर्दै हुनुहुन्छ भने आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला । आमाको स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढ्नेछ । राजनीति तथा कुटनीतिक क्षेत्रमा समय लगानी गर्नेहरुले जनताको समर्थन पाउन कडा मेहनेत गर्नुपर्नेछ । जन्मथलो छोडेर लामो दूरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न । तर जन्मकुण्डली शनि उच्च, स्वगृह तथा ३,६ ११ भावमा भए शनिको अढैयाबाट राम्रो फल प्राप्त हुनेछ ।

जन्मकुण्डलीमा शनि र राहु कमजोर हुनेहरूले काली र बटुक भैरवको पूजा गरी विधिपूर्वक शान्ति गर्दा दिनहरु फलदायी रहनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : यो वर्ष तुला राशि हुनेहरुका लागि उत्साहजनक वर्ष रहनेछ । १५ फेब्रुअरीसम्म पराक्रम भावमा गोचर गर्ने शनिले व्यापार व्यवसायमा सुक्ष्म व्यवस्थापन तथा समयको सदुपयोग गर्दै लगानी गर्ने वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । कला साहित्य, गीत संगीत, मोडलिङ पेशा व्यवसायमा चासो बढ्नेछ । विषेशतः फिलिम, नृत्य, लेखन क्षेत्रमा विशेष दख्खल हुनेछ । कूटनीति, परराष्ट्र, राजनीति, राजदुत वा यस्तै कार्यमा आफूलाई अब्बल सावित गर्ने समय रहेको छ । त्यसैगरी स्पेश ईन्जिनियर, खगोल, विज्ञान, जिनेटिक ईन्जिनियर, कपडा, कागज, प्रेस तथा मिडिया जस्ता क्षेत्रमा आफ्नो अधिकार स्थापित गर्न सकिनेछ । अगष्ट ५ बाट १५ नोभेम्बरसम्म शनिको अढैया दशाको प्रभावले काममा ढिला सुस्ति हुने योग रहेको छ । आमाको स्वास्थ्यमा समस्या आउनेछ । घर, जग्गा तथा सवारी साधनको प्रयोग तथा किनबेच गर्दा ध्यान दिनुहोला ।

सेप्टेम्बर १० सम्म भाग्य भावमा र पराक्रम भावमा गोचर गर्ने केतुले राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । सांगठनिक विस्तार तथा प्रशिक्षण कार्यक्रमकै सवालमा लामो यात्रा हुनेछ । कूटनीतिको कारक राहु स्वयम् भाग्य भावमा गोचर गर्ने हुनाले राजदूत तथा परराष्ट्र जस्ता क्षेत्रमा पद पाइने तथा स्थानान्तरण हुनेछ । पशुपालन तथा कृषि व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्ये लाभ लिन सकिनेछ । त्यस्तै पराक्रम भावमा गोचर गर्ने केतुले ढुङ्गा माटो वा कन्ट्रक्सनको क्षत्रेमा समय लगानी गर्नेहरुका लागि अकस्मात धन तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । कीर्तिमानी काम गरी प्रसिद्धि कमाउन सकिनेछ भने मानसम्मान, ईज्जत, प्रतिष्ठामा वृद्धि भएर जानेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईको गतिलो उपस्थिति रहनेछ । भाग्यले साथ दिने हुँदा सानो-सानो प्रयत्नले सकारात्मक तथा उपलब्धि मुलक कामहरु हुनेछन् । सेप्टेम्बर ११ बाट वर्ष भरि नै कष्ट भावमा गोचर गर्ने राहु र धन भावमा गोचर गर्ने केतुले स्वास्थ्यमा समस्या आइ औषधी उपचारत खर्च बढ्नेछ । गलत निर्णय क्षमताका कारण मान सम्मानमा आघात पुग्न सक्छ ।

१६ मार्च सम्म र १७ जुलाईबाट १२ नोभेम्बरसम्म पराक्रम भावमा गोचर गर्ने मध्यम बृहस्पतिले शत्रु लाग्ने तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउन सक्छ । स्वास्थ्यमा समस्या आइ औषधि उपचार खर्च बढ्ने योग रहेको छ । १७ मार्चबाट १६ जुलाईसम्म सुख भावमा गोचर गर्ने बृहस्पतिले व्यापार भावमा गोचर गर्ने शुभ बृहस्पतिले व्यापार व्यवसायमा लगानी गरी मनग्ये धन सम्पत्ति कमाउन सकिनेछ । नाफामुखी व्यवसाय भन्दा सेवामुखी व्यवसाय फस्टाएर जानेछ भने प्रयत्न गर्दा राजनीति तथा समाजसेवामा जनताको मन जित्न सकिनेछ । शेयर बजार, स्कुल, कलेज, सहकारी, इन्सुरेन्स, बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्ये धन सम्पत्ति कमाउने योग रहेको छ ।

प्रतिकुल समयमा देवी तथा बंगलामुखीको दर्शन, पुजा तथा आराधना, तथा बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : वृश्चिक राशि हुनेहरुका लागि यो वर्ष मिश्रित फल प्राप्त हुनेछ । १६ मार्चसम्म र १७ जुलाईबाट १२ नोभेम्बरसम्म धन भावमा गोचर गर्ने बृहस्पतिले धन सम्पत्तिमा वृद्धि हुनेछ भने प्रशस्त रुपैयाँ पैसा संग्रह गर्न सकिनेछ । निर्णायक तहमा बसेर गरिने निर्णयहरु समाज तथा जनताको पक्षमा हुनेछन् भने राज्यबाट लाभ मिल्ने समय रहेको छ । बोलीको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ लिन सकिनेछ । विद्यार्थीहरुका लागि समयले साथ दिने हुनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने अध्ययनकै सवालमा देश विदेशको यात्रा हुनेछ । बृहस्पतिको प्रभावले स्कुल, कलेज, फार्मेसी, अस्पताल, बैंक तथा वित्तीय जस्ता क्षेत्रमा समय लगानी गर्नेहरुले मनग्ये धन तथा भौतिक सम्पत्ति जोड्ने योग रहको छ । जल तत्त्व राशि भएको हुनाले पानीसँग सम्बन्धित कामहरु जस्तै माछापालन, हाँसपालन, हाईड्रो ईन्जिनियर, पौडीबाज जस्ता क्षेत्रमा विशेष चासो रहने छ । त्यस्तै कवी, दार्शनिक, लेखक, समालोचक, विचारक तथा गुप्तचर जस्ता क्षेत्रमा सफलता हात पार्न सकिनेछ । आयात, अनुसन्धान, केमिकल, रिसर्च, एक्सप्लोरिङ, जीवविज्ञान जस्ता क्षेत्रमा काम गरी मनग्ये धन आर्जन गर्न सकिनेछ । १७ मार्चबाट १६ जुलाईसम्म पराक्रम भावमा गोचर गर्ने बृहस्पतिको प्रतिकुल प्रभावले दाजुभाई तथा छिमेकीसँग मनमुटाब बढ्नेछ । लेखन कला तथा साहित्यका कामहरु थाँती रहनेछन् ।

१५ फेब्रुअरीदेखि मेसम्म र अगष्ट ५ बाट १५ नोभेम्बरसम्म शनिको अन्त्य साढेसाती दशाको प्रभाव रहनेछ । झुटा आरोप लाग्ने तथा मानसम्मानमा कमीको महसुस हुनेछ भने आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा दूरी बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । दाजुभाई तथा जीवनसाथीसँग मनमुटाव बढ्नेछ । तरपनि जन्मकुण्डलीमा शनि उच्च, स्वगृह, मित्रगृह तथा कुण्डलीमा ३, ६,११ भावमा भए काम तथा अध्ययनको सिलसिलामा देश विदेशका यात्रा हुनेछ । फेव्रुअरी १६ बाट अगष्ट ४ सम्म पराक्रम भावमा गोचर गर्ने शनिले आँट, साहस, पराक्रममा वृद्धि भएर जानेछ । प्रोडक्सन तथा आयात निर्यात व्यवसाय फस्टाएर जाने हुनाले धन सम्पत्तिमा वृद्धि हुनेछ ।

वर्ष भरि नै अष्टम र सप्तम भावमा गोचर गर्ने राहु र धन भाव र राशिमा गोचर गर्ने केतुले अकस्मात् आर्थिक अवस्था बलियो भएपनि भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला, अचानक दुर्घटना, चोटपटक तथा रोगले सताउनेछ ।
बंगालामुखीको पुजा तथा आराधना तथा शनिलाई खुसी पार्नको लागि विष्णुको पूजा, पीपलमा जल चढाउने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धनु राशि भएका व्याक्तिहरुलाई पुर्वाद्ध र उत्तराद्ध उत्साहजनक रहेपनि मध्यको समय केहि संघर्षमय रहनेछ । वर्षभरि नै अनुकुल प्रभावले सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ भने सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउँन सकिनेछ । सरकारि तथा प्रसाशनिक क्षेत्रमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ । व्यापार व्यवसायमा लगानि बढाई प्रसस्त आम्दानी गर्न सकिनेछ । स्कुल, कलेज, बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । प्रशासन, शिक्षण, मेडिकल,केमिकल्स,उद्योग,भुउपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट,भाषा अनुबादक, कम्प्युटर सफ्टवेयर, हार्डवेयर तथा राज्यमा मन्त्री जस्ता पदमा रहि राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ । विद्यार्थिवर्गहरुले बिद्या तथा प्रतिस्पर्धामा अरुहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् ।

वर्षभरिनै शनिको मध्य साढेसातीको प्रभाव रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरुलाई विभिन्न समस्या आईपर्ने, झुटा आरोप लाग्ने, समयमा काम सम्पन्न नहुँने तथा शरिर कमजोर हुँने समस्या आईपर्नेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ । जन्म कुण्डलीमा शनि स्वगृह, उच्च, मित्रगृह तथा कुण्डलीमा ३ ६ ११ भावमा हुनेहरुका लागि भने शनिले राम्रा तथा परिणाममुखी फल दिनेछ । वर्षभरिनै सप्तम भावमा गोचर गर्ने राहु र राशिमा गोचर गर्ने केतुले अचानक व्यापार व्यावसायमा बृद्धि हुनेछ भने लामो दूरीको मनोरञ्जनात्मक तथा व्यापारिक यात्रा हुनेछ । साझदारी व्यवसायमा समय लगानी गर्नेहरुले मनग्ये धन सम्पत्ति जोड्ने समय रहेको छ ।
साढेसातीको प्रभाव हुनेहरुले महांकाल तथा काली भगवतीको आराधना गरी प्रत्येक शनिबार पीपलमा पानी चढाउँदा फाइदा हुनेछ । बृहस्पतिको लागि माता बंगालामुखीको पूजा तथा आराधना गर्नाले शुभफल प्राप्त हुनेछ र जन्म कुण्डलीमा राहु तथा केतु कमजोर हुनेहरुले वटुक भैरव र छिन्नमस्ताको उपसना गर्नुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ः मकर राशि हुनेहरुका लागि सुरु र अन्त्यको समय मध्यम रहेपनि मध्यकालको समय राम्रो रहेको छ । १६ मार्चसम्म र १७ जुलाईबाट १२ नोभेम्बरसम्म बृहस्पतिको प्रतिकुल प्रभावले स्वास्थ्यमा समस्या आइ खर्च बढ्ने योग रहेको छ । विशेष गरी कोल्डस्टोर, कलेजो, जण्डिस तथा सुगर रोग भएकाहरुले सचेत रहनु होला । १७ मार्चबाट १६ जुलाईसम्म बृहस्पतिको अनुकुल प्रभावले
सम्मानजनक पद प्राप्त गर्नेछन् भने मानसम्मान तथा ईज्जत, प्रतिष्ठामा वृद्धि हुनेछ । स्कुल, कलेज, कन्सल्टेन्सि, फार्मेसि, अस्पताल, ट्राभलजेस्सि, तरल न्याय, ईन्जिनियरिङ, व्यवस्थापन, मार्केटिङ, बिमा, एकाउन्ट, बैंक तथा वित्तीय संस्था जस्ता क्षेत्रमा चाँडै सफलता प्राप्त हुनेछ । डाईरेक्टर, संचालक, म्यानेजर, अध्यक्ष वा चिफ एक्जिक्युटिभ अफिसर जस्ता पद पाउने योग रहेको छ । नयाँ कामको खोजीमा रहेकाहरुले नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुनेछ । माया प्रेमको सम्बन्ध विवाहमा परिणत हुनेछ भने जीवनसाथीको सहयोगले विशेष काम गर्ने अवसर प्राप्त हुनेछ ।

सेप्टेम्बर १० सम्म छैटौँ भावमा र विदेश भावमा गोचर गर्ने केतुले व्यापार विस्तारको सवालमा देश विदेशका यात्रा हुनेछ भने अकस्मात धन तथा सम्पत्तिमा वृद्धि हुनेछ । खर्च बढाए पनि उपलब्धिमुलक कामहरु हुनेछन् । विदेशी लगानीबाट सञ्चालित संस्था एनजिओ, आईएनजिओ, मल्टिनेसनल कम्पनीमा काम पाउने प्रशस्त सम्भावना रहेको छ भने अफिसिएल यात्रा हुनेछ । सेप्टेम्बरपछि वर्ष भरि नै पञ्चम भावमा गोचर गर्ने राहु तथा आय भावमा गोचर गर्ने केतुले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा होसियार हुनुहोला, दुर्घटना नहोला भन्न सकिन्न ।

वर्षभरि नै शनिको साढेसाती दशाको प्रभावले स्वास्थ्यमा समस्या आइ औषधी उपचार खर्च बढ्नेछ भने घरमा आफन्त तथा अग्रजहरुसँग विवाद बढ्नेछ । सामाजिक काम समयमा सम्पन्न नभइ मानसम्मानमा दाग लाग्नेछ । न्यायिक निर्णहरु तपाईको पक्षमा नहुन सक्छन् । तर पनि जन्म कुण्डलीमा शनि उच्च ,स्वगृह, मित्रगृह तथा कुण्डलीमा ३, ६ ११ भावमा भए शुभ फल प्राप्त हुनेछ ।

शनिको नकरात्मक प्रभावबाट बच्नको लागि महांकाल तथा काली भगवतिको पूजा आराधना गरी पीपलमा जल चढाउँदा फाइदा हुँनेछ । वर्षभरि राहु तथा केतुको मन्त्रजप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) ः कुम्भ राशि हुनेहरुका लागि यो वर्ष उत्साहपुर्वक बित्नेछ । १६ मार्चसम्म र १७ जुलाईबाट १२ नोभेम्बरसम्म बृहस्पतिको अनुकुल प्रभाव रहने तथा आयभावमा गोचर गर्ने बृहस्पतिले राजनीति तथा कुटनीतिको क्षेत्रमा लामो समयदेखि काम गर्नेहरुले राज्यबाट कार्यकारी पद प्राप्तीको योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको ग्रहयोग रहेको छ । सञ्चार, कम्प्युटर, विज्ञान तथा प्रविधि, रिसर्च, ज्योतिष, लेखन, साहित्य, कला, दर्शन, धर्म प्रचार, अन्तरिक्ष विज्ञान, भूउपग्रह, भौतिक विज्ञान, मिडिया तथा राजनीतिमा लागेर सफलता प्राप्त गर्न सकिनेछ । पैत्रिक सम्पत्ति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्ये धन आर्जन गर्न सकिनेछ । लामो समयदेखिका प्रेमसम्बन्ध तथा सुयोग्य वरवधुको लगन गाँठो कसिनेछ । मातृभुमि छोडेर लामो दूरीको फाइदाजनक धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने पुत्रलाभको गतिलो योग रहेको छ । १७ मार्चबाट १६ जुलाईसम्म खर्च भावमा गोचर गर्ने बृहस्पतिले स्वास्थ्य लगायत अन्य क्षेत्रमा खर्च बढ्ने योग रहेको छ ।

१५ फेब्रुअरीसम्म र अगष्ट ५ बाट १५ नोभेम्बरसम्म अनुकुल हुनाले भौतिक स्रोत साधनको प्रयोग मार्फत मनग्ये लाभ लिन सकिनेछ । राज्यसँग नजिक भइ गरिने कामहरु जस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टा मार्फत आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । विदेशी भाषा तथा विदेशी संस्कार संस्कृतिको अनुसरण गर्नेहरुका लागि समय उत्तम रहेको छ । बहुमुल्य धातु तथा सवारी साधन जोड्न सकिनेछ । भूमि तथा खनिज पदार्थको व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ । दाजुभाई तथा बन्धुबान्धवबाट भरपुर सहयोग पाइने तथा स्त्री वर्गबाट सहयोग पाइनेछ । १६ फेब्रुअरीबाट १४ नोभेम्बरसम्म शनिको साढेसाती सुरु हुने हुनाले कुण्डलीमा शनि कमजोर हुनेहरुका लागि काममा ढिलासुस्ती तथा स्वास्थ्यमा समस्या देखिनेछ ।
वर्षभरि नै पञ्चम भावमा र सुख भावमा गोचर गर्ने राहु र आय भाव र कर्म भावमा गोचर गर्ने केतुले धन तथा सम्पत्तिमा अचानक वृद्धि हुनेछ । शेयर बजार । भाग्य तथा आयमा वृद्धि भइ आर्थिक अवस्था मजबुत रहनेछ ।

विधिपुर्वक बृहस्पतिको लागि माता बंगलामुखीको पुजा तथा आराधना तथा राहु केतुको लागि बटुक भैरवको दर्शन तथा मन्त्र जप गर्नाले लाभ मिल्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) ः यो वर्ष मीन राशि हुनेहरुका लागि सुरुको समय संघर्षमय रहेपनि अन्तको समय भने उल्लासमय रहनेछ । वर्षभरि नै लाभ भाव तथा राज्यभावमा गोचर गर्ने बृहस्पतिले पढाइलेखाइ खोज तथा अनुसन्धानकै सिलसिलामा लामो दूरीको यात्रा हुनेछ । समाजमा गुमेको साख फिर्ता गर्न सकिनेछ भने राजनीति तथा कल्याणकारी क्षेत्रमा समय लगानी गर्नेहरुले राज्यबाट पद पाउने तथा प्रशस्त सेवा सुविधा पाउने ग्रह योग रहेको छ । राज्यको निकायमा बसेर काम गरिरहेकाहरुले अनुकुल स्थानमा सरुवा तथा कार्यकारी पदमा बसी देश र जनताको सेवा गर्ने अवसर प्राप्त हुनेछ । अध्ययन अध्यापनमा सुधार हुने तथा नतिजा आफ्नै पक्षमा पार्न सकिनेछ । ईन्जिनियरिङ, दूध तथा दूग्ध पदार्थ, गोताखोर, वैज्ञानिक शोध, लेखन, साहित्य, कविता, दर्शन, कला तथा साहित्य, मनोरञ्जन, हास्य विधा, अध्ययन अध्यापन, योग ध्यान, अध्यात्म जस्ता क्षेत्रमा यो वर्ष राम्रो रहेको छ । प्रेम सम्बन्धहरु विवाह बन्धनमा बाँधिने गतिलो योग रहेको छ ।

केतु र राहुको अनुकुलताले बसाइसराइ तथा मातृभूमि छोडी अन्य स्थानमा स्थानान्तरण हुने योग रहेको छ भने जागिर तथा व्यवसायमा अलि बढी चनाखो भएर काम गर्नुपर्नेछ । घरजग्गा तथा सवारी साधनमा विवाद आउने योग रहेको छ ।

वर्षभरि नै शनिको अनुकुल प्रभावले नोकरी तथा कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु साइड लाग्नेछन् । उनीहरुका नकारात्मक सोचाइ तथा गलत क्रियाकलापहरुलाई चिर्दै सुधारमुखी काम गर्न सकिनेछ । मुद्दा मामिला जस्ता विवादास्पद विषयको छिनोफानो न्यायालयको सहारा लिएर सल्टाउन सकिनेछ ।

विधिपुर्वक बृहस्पतिको लागि माता बंगलामुखीको पुजा, आराधना तथा दर्शन र शनिको लागि मंहाकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चढाउनाले लाभ मिल्नेछ ।
ज्यो. दुर्गा प्रसाद भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?