महराको विवादमा नयाँ ट्वीस्ट, ममाथि बलात्कार भएको छैन, त्यो पत्रकार मेरो घरसम्म कसरी आइपुग्यो ?

काठमाडौँ । बलात्कारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरा प्रकरणमा जोडिएकी रोशनी शाहीले आफ्नो बयान दिएकी छिन् । उनले आफूमाथि कुनै बलात्कार नभएको दाबी गर्दै यसअघि लगाएको बलात्कार आरोपको खण्डन गरेकी छिन् ।

सभामुख महरामाथि जर्वजस्ती करणीको आरोेप लगाएकी संसद सचिवालयमा कार्यरत कर्मचारी शाहीले आफ्नो बोली फेर्दै मंगलबार आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गरेकी हुन् । उनले बोली फेरेपछि घटना थप रहस्यमय बनेको छ ।
उनले महरा आफ्ना बाबु समान भएको भन्दै आइतबार महरा आफ्नो कोठामा समेत नआएको प्रस्टीकरण दिएकी छन् । एक अनलाइनलाई मंगलबार अन्र्तवार्ता दिदै शाहीले महरालाई ‘महरा सर’ आफ्नो बुबासमानको मान्छे भएको भन्दै उनीमाथि लागेको आरोपमा कुनै सत्यता नभएको दाबी गरेकी हुन् ।

शाहीले आफूले ८ बर्षदेखि डिप्रेसनमा परेको र औषधी खाइरहेको पनि बताएकी छन् ।

उनले रिस उठ्दा भनेको कुरालाई पत्रकारले बंग्याएर लेखेको समेत दावी गरेकी छन् । उनले एक जना पत्रकार एकाएक आफ्नो घरसम्म कसरी आइपुग्यो ? भन्दै आश्चर्य समेत व्यक्त गरेकी छिन् । ती पत्रकार बिहानै आफ्नो घरमा आएको र एक दिदीले पठाएको भनेर भनेको तर नाम उल्लेख नगरेको उनको दाबी छ । उनले व्यक्तिगत मामिलामा समाचार लेखेको भन्दै पत्रकारको आलोचना समेत गरेकी छिन् ।

यद्यपि सोमबार हाम्रा कुरा डटकम अनलाइनले लिएको शाहीको भिडियोे अन्तर्वार्तामा भने उनले आइतबार साँझ महरा आफ्नो कोठामा आएर मदिरा खानुका साथै आफूमाथि हातपात र करणी गरेको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?