सुन्धारास्थित एक होटलको चौथो तलाबाट हाम फालेर महिलाले गरिन् आत्महत्या

काठमाडौँ । सुन्धारास्थित नागराज होटलको चौथो तलाबाट हाम फालेर एक महिलाले आत्महत्या गरेकी छिन् ।

शनिवार बिहान तनहुँ स्थायी घर भएकी ३८ वर्षीय दिलमाया गुरुङले होटलको चौथो तलाबाट हाम्फालेर आत्महत्या गरेकी हुन् ।

केही दिनदेखि उक्त होटलमा सासु ससुरासँग बस्दै आएकी गुरुङ बिहान करिब साढे ८ बजेतिर हाम्फालेको प्रहरीले जनाएको छ ।

मृतकका श्रीमान् भारतीय आर्मीमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?