पुडासैनी आत्महत्या प्रकरणमा ट्वीस्ट : बाहिरीएको भिडियो प्रहरीबाट सार्वजनिक नभएको खुलासा !

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका बारेमा सार्वजनिक भएको भिडियो प्रहरीबाट सार्वजनिक नभएको खुलेको छ । गत बुधबार रवि लामिछानेसहित तीन जनाका कारणले आफूले आत्महत्या गरेको भनेर दिवंगत पत्रकार पुडासैनीले बोलेको भिडियो प्रहरीलाई प्राप्त भएको भिडियो नभएको खुलेको हो । यद्यपि, प्रहरी पुडासैनीको फोनबाट त्यस्तै प्रकृतिको भिडियो भने भेटाएको जनाएको छ ।
प्रहरीले पुडासैनीको मोबाइलमा भेटेको भिडियोलाई प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याब जाँचका लागि पठाएको चितवनका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार सार्वजनिक भएको भिडियो र प्रहरीले प्राप्त गरेको भिडियोलाई दाँजेर अनुसन्धान गरिने छ ।
यसअघि, बिहीबार प्रहरीले पत्रकार लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौंबाट पक्राउ गरेको थियो । उनिहरुलाई अनुसन्धानका लागि चितवन लगिएको छ । यो पनि पढ्नुहोस् ।

रवी लामिछाने पक्राउ,यसो भन्छ प्रहरी शालिकरामको हत्या गरेको आरोप लागेपछि रवि लामिछानेको यस्तो प्रतिक्रियाशालिकरामले मर्नुअघि रेकर्ड गरेको भिडियोमा रवि लामिछानेलाई लगाएको आरोप शंकास्पद

शालिकरामले भने, ‘रवि लामिछानेको कारण आत्महत्या गर्न बाध्य भएँ’ (भिडियोसहित)

रवि लामिछानेसहित ३ पक्राउ पर्नुको कारण खुल्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?