शालिकरामले मर्नुअघि रेकर्ड गरेको भिडियोमा रवि लामिछानेलाई लगाएको आरोप शंकास्पद

काठमाडौ । आफ्नो आत्महत्या रवि लामिछानेका कारणले भएको भनेर शालिकराम पुडाशैनीले बोलेको भिडियो सार्वजनिक भएपछि नेपाली सामाजिक सञ्जाल तातेको छ । दिवंगत पुडाशैनी आफैँले बोलेको भिडियो सार्वजनिक भएपछि पत्रकार लामिछानेका पक्ष र विपक्षमा चर्का आवाज उठिरहेका छन् ।

तर, उक्त सार्वजनिक भिडियो शंकास्पद देखिएको सामाजिक सञ्जालका अधिकांश प्रयोगकर्ताको दाबी छ । लोकपथलाई प्राप्त ८ मिनेट २७ सेकेण्डको भिडियोको ८ मिनेट १८ सेकेन्ड जाँदा त्यहाँ शंकास्पद अवस्थाको सिर्जना हुन्छ । उक्त भिडियो हेर्दा लाग्छ पत्रकार पुडाशैनीलाई जबर्जस्ती बोल्न लगाइएको हो । ओछ्यान, सिरानीसँगै पुडाशैनीले लगाएको कपडा सबै सेतो कलरमा देखिरहेका बेला अचानक उनको सिरानीपट्टीको बायाँतिर हल्का निलो कलरको कपडा लगाएको अर्कै मान्छेको हातजस्तो देखा पर्छ । जसलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले उनलाई कुनै समुहले कब्जामा लगेर जबर्जस्ती बोल्न लगाएको दाबी गरिरहेका छन् । अर्को शंका गर्ने ठाउँ कहाँ पनि छ भने भिडियोलाई ध्यान दिएर सुन्दा भिडियोको एक ठाउँमा पुडाशैनीले बोल्दै गर्दा ‘किन’ भन्ने आवाज सुनिन्छ । जसलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले अर्को ‘शंका’ भनेर किटान गरेका छन् ।

तर, आशंका, अनुमानका भरमा कसैले दाबीका तर्क बनाउनु तर्कसंगत होइन । यस्तो गम्भीर विषयका हल्का टिप्पणी नगरेर प्रहरी अनुसन्धानको निश्कर्षलाई पर्खनु उत्तम हुनेछ । अर्कोतर्फ शालिकरामले न्यूज २४ टेलिभिजन छोडेर माउन्टेन टेलिभिजनमा गएसँगै फेसबुक लाइभमा पनि रविको गुनगान नै गाएका थिए र भनेका थिए अर्को सस्थामा रहेपनि रवि दाईसँग टाढा रहने छैन । साथै १६ गुलाई आर्थात् गुरु पूर्णिमाको दिन फेसबुकमा स्टाटस राख्दै दादा हजुरलाई सम्झिए भनेका थिए ।

सामाजिक सञ्जालमा शालिकरामको मर्नु अघिको भिडियो साथै उनले अन्य केहीसँग गरेको च्याटको स्क्रिनसटपनि बाहिरिएको छ । जहा उनले डिप्रेसको औषधी खाएकोले पनि कतै यि विषय औषधीको कारण बोलेकी भन्नेहरुपनि छन् । यद्यपी डिप्रेसनको औषधीले मानिसलाई कतिसम्म असर गर्छ भन्ने विषयमा विशेषज्ञ डाक्टरको भनाइबाटमात्र प्रष्ट हुन्छ ।

अर्कोतिर पत्रकार लामिछानेले घटना छानविनका लागि आफू पूर्ण रुपमा सहयोग गर्न तयार रहेको बताइसक्नुभएको छ । भिडियो सार्वजनिक भएलगत्तै पत्रकार लामिछानेले तत्काल प्रतिक्रिया दिनुभएको छ । उहाँको फेसबुक स्टासमा लेखिएको छ, ‘आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु । मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस् र हदै सम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ।’
भिडियो सार्वजनिक भएसँगै हामीले नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता डिआइजिपी विश्वराज पोखरेललाई सम्पर्क गर्दा घटना चितवनमा भएकोले अनुसन्धानको सम्पूर्ण जिम्मा चितवन प्रहरीलाई भएको बताए । साथै आनुसन्धानमा रहेको विषयमा चर्चा परिचर्चाभन्दापनि प्रहरीको अनुसन्धानले सत्य बाहिर ल्याउने बताए ।

यसअघि, यही साउन २० गते राति टेलिभिजन पत्रकार पुडाशैनी चितवनको एक होटेलमा झुण्डिएर मरेको अवस्थामा फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?