शालिकरामको हत्या गरेको आरोप लागेपछि रवि लामिछानेको यस्तो प्रतिक्रिया

काठमाडौं । आफ्नो हत्या रवि लामिछानेका कारणले भएको भनेर शालिकराम पुडाशैनीले बोलेको भिडियो सार्वजनिक भएपछि पत्रकार लामिछानेले तत्काल प्रतिक्रिया दिनुभएको छ । नेपाल आजले बुधबार सार्वजनिक गरेको दिवंगत शालिकरामले बोलेको भिडियोमा आफ्नो हत्या पत्रकार लामिछानले गरेको उल्लेख छ । भिडियो सार्वजनिक भएको केहीसमयपछि लामिछानेले फेसबुक स्टाटस मार्फत प्रतिक्रिया दिनुभएको हो ।

उहाँको फेसबुक स्टासमा लेखिएको छ, ‘ आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु।मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ।’


यसअघि, यही साउन २० गते राति टेलिभिजन पत्रकार पुडाशैनी चितवनको एक होटेलमा झुण्डिए मरेको अवस्थामा फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?