रवि लामिछानेसहित ३ पक्राउ पर्नुको कारण खुल्यो

appharu
0
Shares

रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीले उनीसहित यूवराज कँडेललाई पनि नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनको टोलीको पत्रसहितको अनुरोधमा महानगरिय प्रहरी परिसर काठमाडौको टोलीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेललाई कार्यालयबाटै पक्राउ गरेको हो ।

नीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरी अनुसन्धानका लागि काठमाडौंबाट चितवन लगिँदै छ। यसअघि प्रहरीले रुकु भनिने नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो। गत साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारु होटेलको २०२ नम्बर कोठमा माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत अवस्थामा फेला परेका थिए। उनी होटलको कोठामा रहेको पङ्खामा डोरी लगाइ झुण्डिएको अवस्थामा फेला परेका थिए ।

मृतक पुडाशैनीको एउटा खुट्टाले खाटमा टेकिएको थियो भने अर्को खुट्टाले भुई छोएको थियो। हिजोमात्र मृतक पुडाशैनीको भिडियो सार्वजनिक भएको थियो । भिडियोमा उनले पत्रकार लामिछानेले आफूलाई मर्न दुरुत्साहन गरेको भन्दै कोलोहाल गरेको भिडियो बाहिरीएको थियो ।

घटनास्थलमा भेटिएको मृतकको मोबाइलमा रहेको भिडियो बाहिरिएपछि उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले पत्रकार लामिछानेलाई नियन्त्रणमा लिएको महानगरिय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले लोकपथलाई बताउनुभयो । यो समाचार पढ्नुभएको थियो ?

रवी लामिछाने पक्राउ,यसो भन्छ प्रहरी
शालिकरामको हत्या गरेको आरोप लागेपछि रवि लामिछानेको यस्तो प्रतिक्रिया
शालिकरामले मर्नुअघि रेकर्ड गरेको भिडियोमा रवि लामिछानेलाई लगाएको आरोप शंकास्पद

शालिकरामले भने, ‘रवि लामिछानेको कारण आत्महत्या गर्न बाध्य भएँ’ (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?