मधेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

लोकपथ
0
Shares

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।

प्रदेश प्रमुखको कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको जानकारी दिएको हो । उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको हो ।

यसअघि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री बन्न दाबी पेस गर्न आह्वान गरेका थिए । त्यसका लागि मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्मको समय दिइएको थियो ।

तर, तोकिएको समयभित्र कुनै पनि दलले बहुमतको दाबी पेस गर्न सकेनन् । त्यसपछि प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको जसपा नेपालका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।

यादव यसअघि पनि मधेश प्रदेशको मुख्यमन्त्री बनिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?