पृथ्वी राजमार्ग भोलिदेखि दैनिक ५ घण्टा बन्द हुने

लोकपथ
0
Shares

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभिरमा खसेको पहिरो सफा गर्न शनिबारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ ।

चितवन जिल्ला प्रशासन कार्यालयका अनुसार मंसिर ५ गतेदेखि अर्को सूचना जारी नभएसम्म हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म राजमार्गमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ ।

इच्छाकामना गाउँपालिकास्थित कुरिनटार नजिकै रहेको घोप्टेभिरमा तिहारको समयदेखि पटकपटक पहिरो खस्दै आएको छ । पहिरोका कारण घण्टौँसम्म सडक अवरुद्ध हुने गरेको छ । पहिरोबाट खसेको ढुंगा लागेर एक जनाको ज्यानसमेत गएको छ ।

पहिरोका कारण थप दुर्घटना हुन सक्ने जोखिम रहेकाले ढुंगा र माटो हटाउन सडक बन्द गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?