फिफा र एएफसीका अध्यक्षसँग मन्त्री पोखरेलको भेटवार्ता, एन्फामाथिको प्रतिबन्ध फुकुवा होला ?

लोकपथ
0
Shares

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूलाई भेटवार्ता गरेका छन् ।

बैंककमा आयोजित एएफसी अवार्ड्सको अवसरमा मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटियास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका हुन् । भेटमा मन्त्री पोखरेलले फिफा र एफसीका प्रतिनिधिलाई उपहारसमेत दिएका थिए ।

भेटवार्ताका क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लागेको निलम्बन फुकुवा गर्ने विषयमा पनि सकारात्मक वार्ता भएको मन्त्री पोखरेलले बताए । छलफलमा एन्फाको कानुनी प्रक्रिया, तहगत निर्वाचन र निलम्बन फुकुवाका विषय उठेको थियो ।

छलफलकै क्रममा एन्फाले पनि तहगत निर्वाचन गर्ने सहमति भएपछि यता राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि एन्फामाथिको प्रतिबन्ध पनि फुकुवा गरेको हो । राखेपले प्रतिबन्ध हटाएसँगै अब फिफाले पनि एन्फामाथिको निलम्बन फुकुवा गर्ने मौखिक सहमति भएको छ । योसँगै सबै प्रशासनिक प्रक्रिया पूरा गरी प्रतिबन्ध फुकुवा हुने प्रक्रियामा जाने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?