पोखरामा मंसिर २६ गते ‘माछापुच्छ्रे दौड’ आयोजना हुने

लोकपथ
0
Shares

काठमाडौं । पोखरामा आगामी मंसिर २६ गते ‘माछापुच्छ्रे दौड २०२६’ आयोजना हुने भएको छ । माछापुच्छ्रे बैंकको मुख्य प्रायोजन तथा हिमालयन ट्रेल रनिङसँगको सहकार्यमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको मुख्य उद्देश्य नेपालको प्राकृतिक सुन्दरता, साहसिक खेलकुद र पर्यटनको प्रवर्द्धन गर्नु रहेको बैंकले जनाएको छ । साथै, मानिसलाई नियमित व्यायाम गर्न प्रेरित गर्ने र स्वस्थ जीवनशैली अपनाउन जनचेतना फैलाउने लक्ष्य राखिएको छ ।

प्रतियोगितामा धावकहरूले चार विधामा सहभागी हुन पाउनेछन् । जसमा ५ किलोमिटर, १२ किलोमिटर (कर्पोरेट), २१ किलोमिटर र ४२ किलोमिटर दौड रहेका छन् ।

इच्छुक धावकले आफूलाई उपयुक्त विधा छनोट गरी आयोजकको आधिकारिक वेबसाइटमार्फत अनलाइन दर्ता गर्न सक्नेछन् । प्रतियोगिताको दर्ता र अन्य जानकारी हिमालयन ट्रेल रनिङको वेबसाइटमा उपलब्ध रहेको छ ।

बढ्दो व्यस्तताका कारण मानिसको शारीरिक गतिविधि कम हुँदै गएको अवस्थामा नियमित व्यायाम र खेलकुदको महत्त्व बढाउन प्रतियोगितामा सहकार्य गरेको बैंकले जनाएको छ ।

यसले पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा साहसिक पर्यटनको गन्तव्यका रूपमा चिनाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?