काठमाडौं । मलेसिया रोजगारी ठगी प्रकरणको लहरो मुख्यमुख्यसचिव एकनारायण अर्यालसम्म सोझिएको छ ।
सो प्रकरणमा बुधबार दुई पूर्वमन्त्री, सचिवसहित ६ जना पक्राउ परिसकेका छन् । पूर्वमुख्यसचिव अर्यालविरुद्ध सोही प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अर्याल भने अहिले कामको शिलशिलामा विदेशमा रहेको बताइएको छ ।
पूर्वमन्त्री २ मन्त्रीदेखि सचिवसम्म पक्राउ
सीआईबीले बुधबार तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय वर्ष ६० का शेरबहादुर कुँवर र वर्ष ६१ का रामेश्वर राय यादवलाई पक्राउ गरेको थियो ।
त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव वर्ष ६४ का विनोद केसी, सोही मन्त्रालयका तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुखहरू तथा सहसचिवद्वय वर्ष ५१ का उमेश ढुङ्गाना र वर्ष ५३ का राजिव पोखरेल पनि पक्राउ परेका थिए ।
यसैगरी, रोजगार व्यवस्थापन महाशाखाकी तत्कालीन कानून अधिकृत तथा उपसचिव वर्ष ४९ की निर्मला गुरुङलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
मलेसिया रोजगारी ठगी प्रकरण के हो ?
मलेसिया र नेपालबीच भएको सम्झौताको दायरा र कानूनी प्रक्रिया विपरीत अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराई देशको अर्थतन्त्रको मुद्रा सञ्चितीकरणमा गम्भीर नोक्सानी पुर्याउने गरी निर्णय गरिएको अनुसन्धानबाट खुल्न आएको छ ।
अनुसन्धानका क्रममा मलेसिया जाने श्रमिकहरूसँग गैरकानूनी रूपमा ठगी गरी अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र पाउन्ड स्टर्लिङ ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी जम्मा १ अर्ब ६९ करोड दुई लाख २४ हजार २६ दशमलव ७६ सङ्कलन गरिएको पाइएको छ ।
सङ्गठित समूहको लाभका लागि जानीजानी आफ्नो पदीय जिम्मेवारी तथा कर्तव्य विपरीत श्रमिकहरूलाई सङ्गठित रूपमा ठगी गर्ने कार्यमा मौन बसी, कानूनी उपचार नगरी वा नगराई सो गैरकानूनी रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया