एन्फामाथिका सबै प्रतिबन्ध फुकुवा गर्ने राखेपको निर्णय

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएका सबै प्रतिबन्ध फुकुवा गरेको छ ।

राखेपले बिहीबार मंसिर ३ गते एन्फामाथि लगाइएका प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

राखेपका सदस्य सचिव रामचरित्र मेहताले पत्र पठाउँदै एन्फालाई प्रतिबन्ध फुकुवा गरिएको जानकारी गराएका छन् ।

राखेपको बिहीबार बसेको कार्यकारी समितिको बैठकले एन्फामाथिका सबै प्रतिबन्ध हटाउने निर्णय गरेको पत्रमा उल्लेख छ ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ अनुसार प्रतिबन्ध फुकुवा गरिएको राखेपले जनाएको छ ।

यस निर्णयसँगै एन्फामाथि लगाइएका प्रशासनिक र आर्थिक रोक हटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?