काठमाडौं । चिनियाँ अटोमोबाइल उत्पादक कम्पनी चांगान ग्रुपले आफ्नै इन्जिनियरिङ टोलीद्वारा विकास गरेको अत्याधुनिक ड्राइभर असिस्टेन्स प्रणाली ‘एसडीए पाइलट’ सार्वजनिक गरेको छ ।
ड्राइभिङलाई थप सुरक्षित, सहज र तनावमुक्त बनाउने उद्देश्यले कम्पनीले उक्त प्रविधि बजारमा ल्याएको हो । कम्पनीका अनुसार एसडीए पाइलटका ‘प्रो’, ‘म्याक्स’ र ‘अल्ट्रा’ गरी तीन संस्करण सार्वजनिक गरिएका छन् ।
यीमध्ये सबैभन्दा उच्च संस्करण ‘अल्ट्रा’ मा ५६० टप्स क्षमताको कम्प्युटिङ चिप र २५६–लाइन लिडार प्रविधि जडान गरिएको छ । यसमा हाइवे तथा सहरी क्षेत्रमा प्रयोग हुने एनसीए, ४०० भन्दा बढी परिस्थितिमा काम गर्न सक्ने इन्टेलिजेन्ट पार्किङ असिस्ट र ३१ वटा सक्रिय सुरक्षा फिचर समावेश छन् ।
प्रविधिको विश्वसनीयता र प्रभावकारिता बढाउन कम्पनीले ‘चांगान एसडीए ल्याब’ मार्फत २४ सै घण्टा परीक्षण गरिरहेको जनाएको छ । कम्पनीका अनुसार यस प्रविधिमा दैनिक ३३ लाख किलोमिटर बराबरको भर्चुअल सिमुलेटेड ड्राइभिङ अभ्याससमेत गरिँदै आएको छ ।
यस प्रविधि जडान गरिएको पहिलो उत्पादन मोडेल ‘चांगान नेभो क्यू०६’ को प्रि–अर्डरसमेत खुला गरिएको छ ।
चांगान ग्रुपका अध्यक्ष झु हुआरोङले ७ हजार ५०० भन्दा बढी विशेषज्ञको टोली र ७.७ अर्ब युरोभन्दा बढीको अनुसन्धान तथा विकास लगानीबाट यो उपलब्धि सम्भव भएको बताएका छन् ।
नेपाली बजारमा एमएडब्लू वृद्धि अटोकर्पमार्फत चांगानका सब–ब्रान्ड ‘डिपल’, ‘नेभो’ र ‘अवतार’ का विभिन्न विद्युतीय सवारीसाधन बिक्री–वितरण हुँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया