धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

लोकपथ
0
Shares

झापा । झापाको बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।

गएराति भएको दुर्घटनामा बाह्रदशी गाउँपालिका–५ चकचकीका गोपाल ताजपुरिया र सोही पालिकाको बुट्टावारीका अशोक राजवंशीको मृत्यु भएको हो ।

विर्तामोडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख सन्तोष पाठकका अनुसार मोटरसाइकल धान काट्ने मेसिनमा ठोक्किँदा दुवै युवकको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?