होण्डाको ‘यो दशैं, आशाको सुरुवात’ योजनाका तीन साताका विजेता सार्वजनिक

लोकपथ
0
Shares

काठमाडौं । होण्डा नेपालको दशैं विशेष योजना ‘यो दशैं, आशाको सुरुवात’ अन्तर्गत पहिलो तीन साताका विजेता घोषणा गरिएको छ ।

नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सातै प्रदेशबाट प्रत्येक साता एक–एक जना गरी २१ जना विजेता छनोट गरेको हो ।

‘होण्डा छ साथ साथ’ नामक यस योजनाअन्तर्गत विजेताले १० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म नगद पुरस्कार जितेका छन् । योजनाको विशेष पक्षका रूपमा कम्पनीले विजेतालाई प्रदान गरिने पुरस्कार रकम बराबरकै थप रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार पहिलो सातामा प्रदेश १ बाट रामचन्द्र न्यौपानेले १० हजार, प्रदेश २ बाट अफजल मियाँले १ लाख, प्रदेश ३ बाट गोकुलप्रसाद ओलीले १० हजार, प्रदेश ४ बाट विज्ञान लामाले १० हजार, प्रदेश ५ बाट कृष्णबहादुर खड्काले १० हजार, प्रदेश ६ बाट पदमबहादुर शाहीले ५० हजार र प्रदेश ७ बाट मदन यादवले १० हजार रुपैयाँ जितेका छन् ।

त्यस्तै, दोस्रो सातामा प्रदेश १ बाट विकासकुमार यादवले १० हजार, प्रदेश २ बाट सुन लामाले १० हजार, प्रदेश ३ बाट राजु महर्जनले २५ हजार, प्रदेश ४ बाट बलराम थापाले ५० हजार, प्रदेश ५ बाट पुष्पा थारुले १० हजार, प्रदेश ६ बाट मानसिंह दाहालले १ लाख र प्रदेश ७ बाट विनिता पाठकले १० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।

यसैगरी, तेस्रो सातामा प्रदेश १ बाट आशिष राईले ५० हजार, प्रदेश २ बाट सुशीलकुमार श्रीवास्तवले १० हजार, प्रदेश ३ बाट दिशान्त विष्टले १० हजार, प्रदेश ४ बाट मनोज घिमिरेले १० हजार, प्रदेश ५ बाट दामोरबहादुर बुढाथोकीले १० हजार, प्रदेश ६ बाट प्रोभिन्स आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टरले १० हजार र प्रदेश ७ बाट जुजेस्टर राणाले १० हजार रुपैयाँ जितेका छन् ।

कम्पनीका अनुसार सबै विजेतालाई पुरस्कार रकम हस्तान्तरण गरिनेछ । साथै, विजेतालाई प्रदान गरिएको कुल रकम बराबरकै रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।

ग्राहकको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियालाई ध्यानमा राख्दै कम्पनीले योजनाको अवधि आगामी मंसिर १४ गते ९नोभेम्बर ३०० सम्म थप गरेको छ । यससँगै थप ग्राहकले पनि योजनामा सहभागी भएर नगद पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

स्याकार ट्रेडिङ कम्पनीले सबै विजेतालाई बधाई दिँदै होण्डा ब्रान्डप्रति नेपाली ग्राहकले देखाएको विश्वास र मायाप्रति आभार व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?