यस वर्ष भाइटीका लगाउने उत्तम समय कति बजे ?

लोकपथ
28
Shares

काठमाडौं । यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २०८३ सालको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।

समितिका अनुसार यमपञ्चकको पहिलो दिन कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान गरिनेछ । त्यसैगरी, कात्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ ।

कात्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ ।

त्यस्तै, कात्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार र म्हपूजा मनाइनेछ । सोही दिनदेखि नेपाल संवत् ११४७ पनि सुरु हुनेछ ।

यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार भाइटीका मनाइने समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?