मुस्ताङमा विदेशी पर्यटकको आगमन ७७ प्रतिशतले वृद्धि

लोकपथ
14
Shares

मुस्ताङ । सन् २०२६ को पहिलो १० महिनामा मुस्ताङमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ । जनवरीदेखि अक्टोबरसम्म दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार यस अवधिमा सार्क राष्ट्रबाट दुई लाख ६२ हजार १२ जना र अन्य राष्ट्रबाट २८ हजार २७५ जना पर्यटक मुस्ताङ पुगेका छन् ।

सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्म एक लाख ६१ हजार १४१ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । तर, सन् २०२६ को १० महिनामै गत वर्षको तुलनामा पर्यटकको सङ्ख्या ७७।६२ प्रतिशतले बढेको छ ।

एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तका अनुसार गत वर्षको तुलनामा यस वर्ष दुई महिना बाँकी रहँदै एक लाख २३ हजार ४७५ जना पर्यटक थपिएका छन् ।

एक्यापको तथ्याङ्कअनुसार सन् २०२६ मा सार्क राष्ट्रबाट आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा करिब ९७ प्रतिशतले बढेको छ । यस अवधिमा सार्क राष्ट्रबाट एक लाख २९ हजार १४६ जना पर्यटक थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?