काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ । टस जितेर पोखराले जनकपुर बोल्ट्सलाई पहिले ब्याटिङ गर्न निम्तो दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
पोखरा आज प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको छ । पहिलो खेलमा पोखरा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो ।
यता जनकपुर भने दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले हारेको जनकपुरले दोस्रो खेलमा काठमाडौंलाई ८ विकेटले पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया