काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि धरपकड गर्ने घटनामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको छ ।
पार्टीको आज बसेको सचिवालय बैठकले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकपछि प्रवक्ता जगदीश खरेलले घटनामा को संलग्न थियो र किन यस्तो घटना भयो भन्ने विषयमा छानबिन गर्न भनिएको जानकारी दिए । उनले दोषीलाई कारबाही गर्न ढिलाइ नगर्न पार्टी स्पष्ट रहेको बताए ।
रास्वपा प्रेस स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै खरेलले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने वा उनीहरूमाथि धरपकड गर्ने काम नगर्न सरकारलाई निर्देशन दिएको पनि बताए ।
उनले आगामी दिनमा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुने कुनै पनि गतिविधि हुन नदिन सरकारलाई आग्रह गरिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया