काठमाडौं । बजाज पल्सरले नेपाल प्रिमियर लिग (एनपिएल) सँगको साझेदारी थप विस्तार गरेको छ । कम्पनीले एनपिएलका आगामी तीन सिजनका लागि सह प्रायोजन सम्झौता गरेको हो ।
सम्झौताअनुसार बजाज पल्सर एनपिएलको तेस्रो, चौथो र पाँचौँ सिजनमा सह प्रायोजकका रूपमा जोडिनेछ । यसअघि दोस्रो सिजनमा बजाज पल्सर एनपिएलको आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदार रहेको थियो ।
कम्पनीले नेपाली क्रिकेटप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिन र खेलको विकासमा योगदान पुर्याउन साझेदारी विस्तार गरिएको जनाएको छ ।
तीन सिजनसम्मको यो सहकार्यले नेपाली क्रिकेटसँग बजाज पल्सरको दीर्घकालीन सम्बन्धलाई थप बलियो बनाउने कम्पनीको विश्वास छ । एनपिएलमार्फत खेलाडी, समर्थक र नयाँ पुस्ताका क्रिकेटप्रेमीसँग अझ नजिक हुने लक्ष्य कम्पनीले लिएको छ ।
बजाज पल्सरले नेपाली क्रिकेटको प्रतिस्पर्धात्मक भावना, जोश, समर्पण र निरन्तर प्रगतिसँग आफ्नो ब्रान्डका मूल्यहरू मेल खाने जनाएको छ । साझेदारीमार्फत नयाँ पुस्ताका खेलाडी तथा समर्थकलाई खेलसँग जोड्न र नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने कम्पनीको प्रतिबद्धता छ ।
एनपिएलको तेस्रो, चौथो र पाँचौँ सिजनअन्तर्गत हुने आगामी कार्यक्रम, अभियान तथा गतिविधिबारे जानकारी पल्सर नेपालको आधिकारिक सञ्चार माध्यमबाट प्राप्त गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया