काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
शुक्रबार ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
उनले भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलताको नीति अपनाउन प्रहरीलाई आग्रह गरे । साथै साइबर अपराध, वित्तीय अपराध तथा आधुनिक अनुसन्धान प्रविधिमा क्षमता अभिवृद्धि गर्दै नागरिकको विश्वास जित्नुपर्ने उनको भनाइ छ ।
गृहमन्त्री गुरुङले प्रहरीको बर्दी डरको नभई आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्ने बताए ।
‘प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्छ । साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता बढाउँदै नागरिकको विश्वास जित्न आवश्यक छ,’उनले भने ।
उनले सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैँ रहने तर गलत कार्यको संरक्षण नगर्ने स्पष्ट पारे ।
‘प्रहरीको बर्दी डरको होइन, आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ । सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैँ रहनेछ, तर गलत कार्यको संरक्षण गरिनेछैन,’गृहमन्त्री गुरुङले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया