काठमाडौं । पछिल्लो ४ दिन लगातार घकोसुनको भाउ शुक्रबार बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १७०० रूपैयाँ बढेको हो ।
यसअघि सोमबार तोलामा २,१०० रुपैयाँ, मंगलबार २,२०० रुपैयाँ, बुधबार २,७०० रुपैयाँ र बिहिबार तोलामा ११०० रूपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार १०० रुपैयाँ तोकिएको छ ।
हिजो छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा ११५ रुपैयाँले बढेको छ । हिजो प्रतितोला ४ हजार ३५ रुपैयाँमै कारोबार भएको चाँदी आज ४ हजार १५० रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया