काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले तीनवटा व्यावसायिक संस्थामा विशेष छुट पाउने भएका छन् । यसका लागि बैंकले रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइक प्रालिसँग समझदारी गरेको छ ।
समझदारीअनुसार बैंकका कार्डवाहक, प्रिभिलेज कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले रामाडा एन्कोर काठमाडौंमा १५ प्रतिशत, होटल हिमालयन होराइजनमा १५ प्रतिशत र पान्क बाइकमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
होटल हिमालयन होराइजनमा डेबिट कार्डबाट भुक्तानी गर्दा खाना तथा पेय पदार्थमा १० प्रतिशत र क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइनेछ । त्यस्तै, रामाडा एन्कोर काठमाडौंमा डिजिटल माध्यमबाट भुक्तानी गर्दा खाना, पेय पदार्थ र स्पा सुविधामा १५ प्रतिशत छुट पाइने बैंकले जनाएको छ ।
यसैगरी, पान्क बाइक प्रालिमा विद्युतीय तथा सामान्य साइकल खरिद गर्दा १० प्रतिशत छुट पाइनेछ ।
बैंकले यस किसिमको सहकार्यले ग्राहकलाई लाभ पुग्नुका साथै नगद कारोबारको सट्टा डिजिटल भुक्तानी गर्न प्रोत्साहन मिल्ने विश्वास लिएको छ । बैंकले डिजिटल बैंकिङको प्रयोग बढाउन समय–समयमा ग्राहकलाई लक्षित विभिन्न सुविधा ल्याउँदै आएको छ ।
बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो । त्यस्तै, युवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म पनि सञ्चालनमा ल्याएको छ ।
यसका साथै बैंकले फ्रिलान्सरलाई लक्षित गरी ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ सुरु गरेको छ । मोबाइल बैंकिङ एपबाटै सेयर आवेदन र सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ । अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरेर नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा बैंकले सञ्चालनमा ल्याएको छ ।
बैंकका अनुसार देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ७८ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले सन् २०२४ र २०२५ मा ‘बैंक अफ द इयर’ अवार्डसमेत प्राप्त गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया