काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन् ।
४ हजार ६ सय मत गणना हुँदा आचार्यले १ हजार ६५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले १ हजार ४७६ मत पाएका छन् । आचार्य र केसीबीच १८१ मतको अन्तर रहेको छ ।
त्यस्तै, सहमहामन्त्री पदका अर्का उम्मेदवार दिनेश कोइरालाले ८८८ मत प्राप्त गरेका छन् भने शुभराम बस्नेतले ३१६ मत पाएका छन् ।
हालसम्मको मतपरिणामअनुसार आचार्य पहिलो, केसी दोस्रो, कोइराला तेस्रो र बस्नेत चौथो स्थानमा छन् । खस आर्यतर्फ सहमहामन्त्री पदमा एक जना मात्रै निर्वाचित हुने भएकाले आचार्य र केसीबीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।
४ हजार ६ सय मत गणना हुँदा चार उम्मेदवारले कुल ४ हजार ३३७ मत प्राप्त गरेका छन् । बाँकी मतको विवरण सार्वजनिक भएको छैन ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको मतगणना जारी छ । खस आर्यतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि मात्रै निर्वाचित उम्मेदवारको टुंगो लाग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया