काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीभित्रको सहकार्यलाई थप बलियो बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापतिका उम्मेदवार रहेका पाण्डे पराजित बने । त्यसबारेमा प्रतिक्रिया दिँदै मुख्यमन्त्री पाण्डेले पार्टीको आदर्श, मूल्यमान्यता तथा अग्रजहरुको त्याग र योगदानबाट प्राप्त विरासतमा आफ्नो निष्ठा अटल रहेको बताए ।
‘उपसभापति पदको निर्वाचन परिणाम मेरो पक्षमा नआए पनि लोकतन्त्र, समाजवाद र कांग्रेसका आदर्श, मूल्य मान्यता तथा अग्रजहरूको त्याग र योगदानबाट प्राप्त विरासतप्रतिको मेरो निष्ठा अटल छ । यस अभियानमा मेरो साथ, सहयोग र सहकार्य सदैव रहनेछ,’ उनले भने, ‘निर्वाचनको परिणामभन्दा माथि हाम्रो सम्बन्ध, सहकार्य र पार्टीप्रतिको प्रतिबद्धता छ। हामी सबै मिलेर नेपाली कांग्रेसको विरासतलाई अझ समृद्ध बनाउँदै जनताको विश्वास जित्ने यात्रामा अघि बढौँ ।’
पाण्डेले आफैँसँग प्रतिष्पर्धा गरी निर्वाचित सबैलाई बधाइ ज्ञापन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया