काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेलसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने चर्चालाई निराधार बताएका छन् । उनले पार्टीको शीर्ष नेतृत्वबीच कुनै मनमुटाव नरहेको दाबी गरेका छन् ।
शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आफू र पोखरेलबीच सम्बन्धमा कुनै समस्या नरहेको स्पष्ट पारेका हुन् ।
पछिल्लो समय एमालेभित्र ओली र पोखरेलबीच असमझदारी बढेको र उनीहरूबीच संवादसमेत हुन छाडेको चर्चा चलिरहेको थियो । पोखरेलले ओलीको फोनसमेत नउठाएको भन्ने विषयले पनि पार्टीभित्रको सम्बन्धबारे विभिन्न अड्कलबाजी भइरहेका थिए ।
यस विषयमा सञ्चारकर्मीले प्रश्न गरेपछि ओलीले फोन नउठाएको भन्ने कुरालाई आधार बनाएर दुई नेताबीच सम्बन्ध बिग्रिएको निष्कर्ष निकाल्न नमिल्ने बताए ।
उनले राजनीतिक विचार र जिम्मेवारी फरक हुन सक्ने भए पनि त्यसलाई व्यक्तिगत सम्बन्धसँग जोड्न नहुने धारणा राखे । पार्टी सञ्चालन तथा नीतिगत विषयमा शीर्ष नेतृत्वबीच निरन्तर समन्वय भइरहेको उल्लेख गर्दै ओलीले आफूहरूबीच सौहार्दपूर्ण संवाद कायम रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया