सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’ सार्वजनिक

लोकपथ
0
Shares

काठमाडौं । लेखक सरोज भट्टराईको पहिलो कृति ‘कलेजी प्रेम’को लोकार्पण भएको छ ।

प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनालाई केन्द्रमा राख्दै देशप्रेम र मातृभूमिप्रतिको आत्मीय भावनासमेत अभिव्यक्त गर्ने लेखक भट्टराईको पहिलो कृति सोमबार लोकार्पण गरिएको हो ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको लोकार्पण समारोहमा नबिल बैंकका सीईओ मनोज ज्ञवाली तथा साहित्यकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कुमार नगरकोटी विशेष अतिथिका रूपमा उपस्थित थिए ।

त्यसैगरी, दीपशिखा घिमिरे र नवीन खत्रीले पुस्तक समीक्षकका रूपमा ‘कलेजी प्रेम’माथि आफ्ना विचार र दृष्टिकोण प्रस्तुत गरेका थिए ।

लोकार्पण समारोहमा लेखक भट्टराईले ‘कलेजी प्रेम’ केवल प्रेमकथामा सीमित कृति नभई समाज, जीवन र राष्ट्रप्रतिको भावनालाई एउटै संवेदनात्मक यात्रामा जोड्ने साहित्यिक प्रयास भएको बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले पुस्तकमा प्रस्तुत कथा र विचार नेपालमै बसेर आफ्नो पहिचान बनाउन चाहने धेरै युवाको जीवनसँग मेल खाने बताए ।

देशप्रतिको नागरिक दायित्वमा जोड दिँदै कार्कीले लेखकसहित युवालाई आफ्नो सीप र ज्ञान देश निर्माणमा प्रयोग गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?