काठमाडौं । एम्पियर नेपालले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ग्राहकका लागि विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ ।
‘नयाँ सवारी, नयाँ उमङ्ग–यसपालिको महाचाड Ampere सँग’ भन्ने नारासहित ल्याइएको योजनामा ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस, लक्की ड्र, निःशुल्क सर्भिसिङ तथा स्पेयर पार्ट्समा छुटलगायतका सुविधा पाउनेछन् ।
योजनाअन्तर्गत Ampere Nexus र Magnus मोडल खरिद गर्ने ग्राहकले २० हजार रुपैयाँ नगद छुट पाउनेछन् । ग्राहकले पुरानो दुईपाङ्ग्रे सवारी एक्सचेन्ज गर्दा थप २० हजार रुपैयाँसम्मको मूल्याङ्कन सुविधा पनि लिन सक्नेछन् ।
त्यस्तै, Ampere REO VYB मोडल खरिदमा १० हजार रुपैयाँ नगद छुट वा पुरानो दुईपाङ्ग्रे सवारी एक्सचेन्ज गर्दा थप १० हजार रुपैयाँको मूल्याङ्कन सुविधा उपलब्ध गराइएको छ ।
योजना अवधिभर एम्पियर स्कुटर खरिद गर्ने ग्राहकका लागि लक्की ड्रमार्फत १ लाख रुपैयाँ नगद जित्ने अवसर समेत रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार स्कुटर खरिदकर्ताले एक वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पाउनेछन् । साथै, ७ वर्षसम्म स्पेयर पार्ट्स खरिदमा ७ प्रतिशत छुट उपलब्ध हुनेछ ।
यसैगरी, स्कुटर खरिद गर्ने ग्राहकलाई कम्पनीले आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदान गर्ने जनाएको छ ।
चाडपर्वको अवसरमा ग्राहकलाई थप सुविधा प्रदान गर्दै एम्पियरका विद्युतीय स्कुटरको खरिदलाई आकर्षक बनाउने उद्देश्यले उक्त योजना ल्याइएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया