काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी (मनोनयन) दर्ताको समय थप गरिएको छ ।
काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिकाअनुसार आज अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो ।
तर, उम्मेदवारी दर्ताका लागि आवश्यक प्रक्रिया पूरा गर्न र आकांक्षीहरूलाई सहज होस् भन्ने उद्देश्यले समय थप गरिएको निर्वाचन समितिले जनाएको छ ।
अब उम्मेदवारहरूले आज साँझ ६ बजेसम्म मनोनयन दर्ता गर्न सक्नेछन् ।
महाधिवेशनबाट कांग्रेसको नयाँ नेतृत्व चयन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया