काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा दीपेन्द्र कुमार मिश्र नियुक्त भएका छन् ।
कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको ९१औँ बैठकले रिक्त रहेको अध्यक्ष पदमा मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यस्तै, सोही दिन बसेको ९०औँ बैठकले संस्थापक सेयरधनीका तर्फबाट तीन जना नयाँ सञ्चालक नियुक्त गरेको छ ।
नयाँ सञ्चालकमा नेपाल बैंक लिमिटेडका तर्फबाट होम बहादुर खड्का, हंसराज हुलासचन्द एन्ड कम्पनीका तर्फबाट नितेश तोदी र कालिका फिनकर्ष प्रालिका तर्फबाट पल्लव श्रेष्ठ रहेका छन् ।
कम्पनीका अनुसार उनीहरूलाई सञ्चालक समितिमा नियुक्त गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया