काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ ‘सबुज’ले पार्टी नेतृत्वलाई खुट्टा नकमाई जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गरेका छन् ।
काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बानियाँले विशेष महाधिवेशनमा जस्तै अहिले पनि नेतृत्वलाई आफ्नो साथ र समर्थन रहेको बताए ।
उनले विगतमा गरिएको अभियानलाई निरन्तरता दिन नेतृत्वले दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।
‘हिजो पल्ला चौरले जे निदृष्ट गरेको थियो । जुन अभियानमा साथ दिएको थियो । आज पनि त्यही अभियानमा साथ दिएको छ,’उनले भने, ‘तपाईंहरू खुट्टा नकमाउने गरी आफ्नो नेतृत्व, जिम्मेवारी लिनुहोला ।’
बानियाँले विगतमा अधिवेशन भन्नेबित्तिकै कांग्रेस कार्यकर्ताको मन टाढिने अवस्था रहे पनि अहिले सबैको मन जोडिएको दाबी गरे ।
उनका अनुसार सामूहिक प्रयासकै कारण वडा तहदेखि केन्द्रसम्मका अधिवेशन सम्पन्न भएका छन् ।
“हिजो अधिवेशन भन्नेबित्तिकै हाम्रो मन टाढा हुन्थ्यो । आज सबैको मन जोडेर अधिवेशन भएको छ । सामूहिक प्रयत्नले वडादेखि केन्द्रसम्मको अधिवेशन भएको छ,” उनले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया